२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला !

१ माघ २०७८, शनिबार १५:२८

माघ १, काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको गम्भीर उल्लङ्घन भएको Dubai Public Prosecution ले जनाएको छ ।

Dubai Public Prosecution ले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन्धि यस सम्बन्धमा ध्यानाकर्षण समेत गराउदै यस्तो लेखेको छ (तश्विरमा)


चेतावनी अनुसार युएईमा आवश्यक वर्क परमिट नलिई काम गरे कडा कारबाही भोग्नुपर्नेछ, जसमा तीन महिनाको जेल र १० हजार दिह्रामसम्मको जरिवाना समावेश हुन सक्छ । जारी ध्यानाकर्षणमा उल्लेख छ 'भिजिट भिसा अन्तर्गत स्वदेश प्रवेश गर्ने र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्छ, अन्यथा तिनलाई तीन वर्षसम्म कैद सजाय वा दश हजार रुपैयाँभन्दा बढी जरिवाना वा यी दुईमध्ये कुनै एक जरिवाना हुनेछ । साथै अदालतले राज्यबाट निष्कासन गर्न आदेश दिनेछ ।'

युएई भिजिट भिसा नेपालीको लागि पनि टाउको दुखाई ! 


नेपालबाट विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले युएईमा भिजिट भिसामा पठाउने गरेका छन् । बिभिन्न प्रलोभनमा पारेर लैजाने तर त्यहाँ लगेपछि वेवास्ता गर्दा कयौं नेपालीहरु ओभरस्टे हुनुपर्ने तथा काम नपाएर स्वदेश फिर्ता हुनुपर्ने बाध्यता छ । भिजिट भिसामा जाने कयौं युवाहरुलाई चर्को अशुली गरेर लैजानेहरुको जालो काठमाडौँदेखि युएईसम्मनै फैलिएका छन् । केहि म्यानपावरले समेत भिजिट भिसाको धन्दा चलाउदै आएका छन् । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेका छन् । 

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई समेत धन्दावालाहरुले सेटिङमा राखेर काम गर्दै आएका छन् । भिजिटमा जानेहरुलाई त्यहाँका एजेन्टहरुले बिभिन्न धम्कि समेत दिएर काम नपाउदासम्म गुपचुप बस्न सल्लाह दिने गर्छन् । एजेन्टहरुले युएईमा एकै कोठामा दर्जनौं युवाहरुलाई राखेर काम खोज्ने गर्छन् । यस क्रममा कतिपयले काम समेत पाउदैनन्, पाएकाहरुले समेत प्रलोभन देखाए जति पाउदैनन् । भिजिटमा पुगेका कतिपय युवाहरुलाई एजेन्टहरुले उल्टै हप्की–दप्की र कुटपिट गर्ने गरेको समेत गुनाशो आउने गरेको छ । 


पीडितहरुको गुनाशो अनुसार भिजिटमा गएकाहरुको गुनाशोलाई युएईस्थित नेपाली दूतावासले समेत सुनेको नसुनेझैं गर्छ । कतिपय युवाहरु ओभरस्टे भई जरीवाना समेत तिर्न नसकी अर्को पटक युएई समेत आउन नपाउने गरि स्वदेश फर्किन बाध्य हुन्छन् । ठगिएर स्वदेश फर्किएकाहरुले नेपालमा न्याय पाउन पनि त्यति सहज छैन । ठगिएकाहरु मध्ये अधिकांसलाई दलालहरुले बिभिन्न बहानामा आफ्नो ट्रयापमा पार्ने गरेको कारण कागजी प्रमाण हुँदैन । प्रमाण भएकाहरुले समेत सजिलै न्याय पाउने अवस्था नरहेको पीडितहरुको गुनाशो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो