पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २, काठमाडौँ |</b> साउदी अरबमा अलपत्र परेका १६ जना नेपाली कामदरहरुको उद्गार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका १६ जना कामदारहरुरो सामाजिक अभियन्ताहरूले उद्धार गरेका हुन् । ती १६ जना नेपाली ९ महिनादेखि तलबविहीन भएर अलपत्र परेका थिए । उनीहरूलाई समाजिक अभियान्ताहरुको पहलमा उद्धार गरिएको हो ।<br></p><p>सुखिपुर नगरपालिका –२ का समाजिक अभियन्ता शिवकुमार यादव, सुखिपुर नगरपालिका ३ का गुमस्ता कुमार यादव र विराटनगरका जेरी ताम्राकारको पहलमा साउदीस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी उनीहरुलाई नेपाल फर्काउन सफल भएको हो । </p><p>नेपाल फर्किनेमा बलबहादुर धामी, तेज बहादुर कुँवर, रेवत खड्का, मिलन श्रेष्ठ, गणेश राय, राहुल सुनार, सन बहादुर सुनार, टोप राज महतो, कौशल तामाङ, भोज कुमारलगायत १६ जना छन् । </p>

