2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्याउन कार्ड अनिवार्य

माघ २, डोटी | जिल्लामा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोना विरुद्धको खोप अनिर्वाय गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।

सङ्क्रमण बढ्दै गएकाले यहाँका सरकारी कार्यालयको सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार यही माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा खोपको पूर्ण मात्रा लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोनाको जोखिम फेरी बढेको छ, यसबाट बचाउन तथा खोपमा सबैको पहुँच पुर्याउन खोप कार्ड अनिवार्य गरेका छौँ, खोप लगाएर मात्रै सेवा लिन आउनु होला ।”छिमेकी मुलुक भारतबाट घर फर्किएका नागरिकको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमणको जोखिम पनि एकाएक बढेको प्रजिअ विष्टको भनाइ थियो ।

यसैगरी यहाँका नौवटै स्थानीय तहमा आइसोलेशन कक्षको व्यवस्था गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ । भारतबाट घर फर्किरहेका नागरिक कोरोना जाँच नै नगरी सिधै गाउँ जाने गरेका कारण यहाँका सहरबजारभन्दा पनि गाउँमा कोरोनाको जोखिम बढ्ने देखिएको केआइसिंह गाउँपालिकाका  तिलकबहादुुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने दाजुभाइ जाँच बिना नै  सिधँै गाउँ जान थालेका छन्, अब कोरोना गाउँबाट बढी फैलिने सम्भावना छ ।” 

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले निगरानी गरिरहे पनि खासै फलदायी हुननसकेको स्थानीयवासीको आरोप छ । यहाँको प्रहरी प्रशासनले घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा र सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न लगाउनाका साथै  भौतिक दूरी कायमलगायत स्वास्थ्यसुरक्षाको मापदण्ड पूर्णपालना गर्न आह्वान गरेपनि यहाँका नागरिकले त्यसको खासै पालना नगरेको दिपायल सिलगढी नगरपालिका–४ का मदन बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीले दिनहुँ मास्क बाँडिरहेको छ तर प्रयोग कसैले गर्दैनन्, कोरोनाबाट बच्न सावधानी कसैले अपनाएका छैनन्, जिल्लामा कोरोनाको जोखिम बढेको छ ।” जिल्लामा पछिल्लो एक हप्ता यतादेखि तीव्ररुपमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एकहप्ताको अवधिमा जिल्लामा ३३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका नागरिकमा कोरोना सङ्क्रमण बढी खिएको जिल्ला स्वास्थ्यका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ ।”सूचना अधिकारी भाटका अनुसार अहिले दैनिकरुपमा कोरोना सङ्क्रिमतको सङ्ख्या बढ्दै गएको छ । हालसम्म सबैभन्दा बढी आदर्श गाउँपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यसैगरी दिपायल सिलगढी नगरपालिकामा १०, पूर्वीचौकी गाउँपालिकामा चार, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा दुई तथा बोगटान फुड्सिल गाउँपालिकामा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । एक सातामा २४४ जनाको एन्टिजेन र आठ जनाको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले कडाइ गरेपनि त्यसको खासै असर  नभएका कारण र नागरिकले सचेतना नअपनाएकाले कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक