Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुबईबाट काठमाडौँ आएकै दिन अपहरण !

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, काठमाडौँ | दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौँको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-१६ बसन्तनगरमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो।

राई र अर्याललाई प्रहरीले जरङ्खुबाट पुस ३० गते शुक्रबार र घिमिरेलाई पुस २ गते बसन्तनगरबाट पक्राउ गरेको परिसरले जनाएको छ।

उनीहरूले सिरहा सखुवानाकारट्टी गाउँपालिका-५ बस्ने ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरेका थिए।

उनी गत असोज ८ गते बिहान दुबईबाट काठमाडौँ महानगरपालिका-९ स्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनी काठमाडौँ आएर बल्खुस्थित होटल कञ्चनजंगामा बस्न गएका थिए।

त्यहाँबाट रामेश्वरलाई अपरिचित व्यक्तिहरूले अपहरण गरी काठमाडौँ-२७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाएको प्रहरी उपरीक्षक मैनालीले बताए। त्यहाँ लगेर रामेश्वरमाथि कुटपिट गरी ज्यान मार्ने धम्की दिएको र  चुरोटको ठुटोले पोलेर यातना दिएको पक्राउ परेका व्यक्तिहरूमाथि आरोप छ।

उनीहरूले मोबाइललगायतका सामानहरू समेत लिएको आरोप छ।

त्यही दिन साँझ ६ बजे रामेश्वर होटलबाट भागेर प्रहरीलाई खबर गरेका थिए। पछि उनले उनीहरूविरूद्ध जाहेरी दिएपछि अनुसन्धान गरी तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।