माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्त"/>
2026-09-12 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।

सत्तरी  वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पिसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्नुहुन्छ, “बस्तीमा  पिसीआर परीक्षण गरिँदा २०० हाराहारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो ।” 

भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “रुघाखोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उपचार भने गरिनुपर्छ ।” बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् । “हामी स्वास्थ्य मापदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ”, बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भन्नुभयो ।

जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन् । खासमा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका जताततैका खबरले बस्तीमा चिन्ता छाएको देखिन्छ ।

जिल्लाका सबै भेगमा आमरुपमै रुघाखोकीका बिरामी बढेका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी बताउँछन् । “चिसो मौसमकै बीच कोरोना सङ्क्रमण बढेको हुँदा सचेतता त आवश्यक छ नै, आत्तिनुपर्ने अवस्था त छैन, तर स्वच्छ खानपिन र स्वच्छ आहारविहारमा सबैले ध्यान दिनैपर्छ”, कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्नुहुन्छ, “अहिले जिल्लाका सबै स्वास्थ्यचौकी र अस्पतालमा खोप दिइँदैछ, आमरूपमा खोप लिन सबैलाई प्रोत्साहित गरिनपर्छ ।” यसबाहेक थोरै पनि स्वास्थ्यसम्बन्धी जटिलता देखिए तत्काल स्वास्थ्य संस्थामा बिरामी पुर्याउन पनि उहाँले सबैसँग अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा