माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्त"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

५ माघ २०७८, बुधबार ०५:५८

माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।

सत्तरी  वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पिसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्नुहुन्छ, “बस्तीमा  पिसीआर परीक्षण गरिँदा २०० हाराहारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो ।” 

भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “रुघाखोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उपचार भने गरिनुपर्छ ।” बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् । “हामी स्वास्थ्य मापदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ”, बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भन्नुभयो ।

जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन् । खासमा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका जताततैका खबरले बस्तीमा चिन्ता छाएको देखिन्छ ।

जिल्लाका सबै भेगमा आमरुपमै रुघाखोकीका बिरामी बढेका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी बताउँछन् । “चिसो मौसमकै बीच कोरोना सङ्क्रमण बढेको हुँदा सचेतता त आवश्यक छ नै, आत्तिनुपर्ने अवस्था त छैन, तर स्वच्छ खानपिन र स्वच्छ आहारविहारमा सबैले ध्यान दिनैपर्छ”, कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्नुहुन्छ, “अहिले जिल्लाका सबै स्वास्थ्यचौकी र अस्पतालमा खोप दिइँदैछ, आमरूपमा खोप लिन सबैलाई प्रोत्साहित गरिनपर्छ ।” यसबाहेक थोरै पनि स्वास्थ्यसम्बन्धी जटिलता देखिए तत्काल स्वास्थ्य संस्थामा बिरामी पुर्याउन पनि उहाँले सबैसँग अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ