२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९९ नेपाली कामदार आज इजरायल जाँदै, ११ बजे एयर अरवियाको बिमानबाट उड्ने

५ माघ २०७८, बुधबार ०९:५५

माघ ५, काठमाडौँ | श्रम सम्झौतापछि पहिलोपटक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ इजरायल जाने भएका छन् ।  आज राती ११ बजे एयर अरवियाबाट ३६ पुरुष र ६३ महिला इजरायल उड्ने भएका हुन् । 

वैदशिक रोजगार विभागका उद्वार राहत समन्वय शाखा तथा इजरायल निर्देशक डम्बरबहादुर सुनुवारले भने ‘पहिलो उडानमार्फत  ९९ जना कामदार आज इजरायल जानेछन् । जनवरीको २९ र फब्रुअरी १ तारिखका दिन दुई उडान हुनेछन् । तर  कोरोना संक्रमण बढेकाले संख्या यकिन हुन सकेको छैन ।’

नेपालबाट जाने कामदारहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने सुनुवारले बताए । उनले हालसम्म इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा ९४३ जना कामदारसँग सम्झौता भएको जानकारी दिए । 

इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ भने उनीहरूले हरेक वर्ष भिसा नवीकरण गर्नुपर्ने हुन्छ ।  

माथिको तश्वीर: गत आइतबार १२५ सहायक कार्यकर्ताहरूको पहिलो समूहले इजरायल जानु अघि अभिमुखीकरणमा भाग लिएपछि । तश्वीर स्रोत: नेपाल स्थित इजरायली दुतावास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो