२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत

२०७८, ६ माघ बिहीबार १५:२२

माघ ६, काठमाडौँ | रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।


दूतावासका तृतीय सचिव प्रदीपसागर गिरी नेपाली श्रमिकको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारका रूपमा पहिलो चरणमा ९९ नेपाली श्रमिक बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण्कुमार श्रेष्ठ, नेपालका लागि इजरायली राजदूत होनान गोदारलगायत मन्त्रालयका उच्चअधिकारीले बिदाइ गर्नुभएको थियो ।

एक दशक लामो प्रयासपछि पुनः नेपाली श्रमिक रोजगारीका लागि इजरायल पुगेका हुन् । केही वर्षअघिसम्म निजी क्षेत्रमार्फत रोजगारीका लागि नेपालीहरु इजरायल पुग्ने गरेकामा उक्त प्रक्रिया रोकिएपछि सरकारीस्तर (जिटुजी) बाट नेपाली श्रमिक लैजाने सरकारको प्रयासले सार्थकता पाएको हो ।


नेपाली श्रमिकलाई इजरायली श्रम बजारमा सरकारीस्तरबाट प्रवेश दिलाउन त्यहाँस्थित नेपाली दूतावासले निकै ठूलो पहलकदमी लिएको थियो । दूतावासको निरन्तरको प्रयासपछि गत वर्ष नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो ।

इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउनेसम्बन्धी ‘प्रोटोकल’ मा हस्ताक्षर भएपछि पहिलो चरणमा छनोट गरिएका एक हजार बढी नेपाली रोजगारीका लागि इजरायल जाने क्रम शुरु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक बुधबार राति इजरायल प्रस्थान गरेका हुन् ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

छनोटका क्रममा रहेका अन्य नेपाली श्रमिकको करार सम्झौतामा हस्ताक्षर, कोरोनाविरुद्धको खोप लगाउने, प्रवेशाज्ञा र पूर्वप्रस्थान अभिमुखीकरणको काम भइरहेको श्रम मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा यही माघको तेस्रो साता केही नेपाली श्रमिक इजरायल जानेछन् । छनोट भएका अन्य नेपाली श्रमिक क्रमिकरूपमा त्यसतर्फ प्रस्थान गर्नेछन् ।

नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन् । उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ ।

तस्वीर स्रोत: इजरायल स्थित नेपाली दुतावास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो