२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको डिमाण्ड प्रमाणित गर्न नेपाली दूतावासको तयारी

९ माघ २०७८, आईतवार ०२:४६

माघ ९, काठमाडौँ | बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ । मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ । 

मलेसियाले विदेशी कामदार लिने निर्णय गरे पनि कामदारले पाउने तलब भने पुरानै कायम हुने दुतावासले जनाएको छ । त्यहाँको सरकारले सन् २०२० को जनवरीदेखि स्थान अनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट न्युनतम तलब तोकेको छ । मलेसिया दुतावासले नेपालीहरुलाई सुचना दिने उदेश्यले नियमित फेसबुक पेजबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै कार्यक्रम मार्फत श्रम सहचारी प्रकाश पन्थीले तलब बढेकोबारे कुनै जानकारी नआएको बताएका छन् । 

पन्थीका अनुसार मलेसियाले तलब वृद्धिबारे केही जानकारी नआएको बताए । उनले दूतावास नयाँ कामदारको मागपत्र प्रमाणिकरण गर्ने तयारीमा रहेको समेत बताए । 

मलेसियाका कामदारको तलब बढ्नुपर्नेमा चौतर्फी आवाज उठेको छ । मलेसियाले कामदार आपूर्ति गर्ने देशहरुसँग गरेको द्विपक्षीय सम्झौता अनुसार आप्रवासी मजदूर र मलेसियाका कामदारहरु बीच न्यूनतम तलबमा भिन्नता नगर्ने सहमति गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य