Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विदेशस्थित नेपाली दूतावासहरुबाट पनि विद्युतीय राहदानी, कति दिनमा पाइन्छ ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ९, काठमाडौँ | </b>विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएका छन । राहदानी विभागले मंसिर १ गतदेखि विद्युतीय राहदानी वितरण कार्यको शुरूवात गरेको थियो । </p><p>नेपाली दूतावास मलेसियाले गरेको शुक्रबारको कार्यक्रममा श्रम सहचारी प्रकाश पन्थीले मेसिन रिडेबल पासपोर्ट नवीकरणको दवाव नदिन आग्रह गर्दै केही दिनभित्रै दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए ।&nbsp;</p><p>वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारसहित अन्य प्रयोजनका लागि रहेका नेपालीहरूले आफ्नो राहदानीको वहाल अवधि १८ महिनाभन्दा कम भएमा नेपाली दूतावासहरूबाट राहदानी नवीकरण गराउन पाउने व्यवस्था छ । आवेदन गरेकोे कम्तीमा ४५ दिनभित्र नेपालीले नवीकरण भएको पासपोर्ट पाउने गरेका छन् ।</p>