२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि भिजिट भिसामा विदेश जान अनिश्चितकालिन रोक, कुन-कुन देश जान पाइंदैन ?

२०७८, ९ माघ आईतवार १०:४८

माघ ९, काठमाडौँ ।रोजगारको प्रलोभनमा भिजिट भिसामार्फत विशेष गरि युएई सहित खाडी तथा मलेसिया पुगेर नेपालीहरु अलपत्र पर्ने गरेका छन् । यसरी विदेश जाँदा एयरपोर्टका कर्मचारीहरुको सेटिङ चल्ने कुरा निरन्तर आईरहेकै बेला कोरोना महामारीको कारण देखाई नेपाल सरकारले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउंदै छ । 

गृह मन्त्रालयबाट जारी बिज्ञप्ति अनुसार 'अर्काे निर्णय नभएसम्मका लागि' १० माघदेखि लागू हुने गरी मलेसिया र खाडीका सात मुलुकलगायत १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय हो । यो निर्णय भिजिट भिसामा रोजगारको प्रलोभन देखाई विदेश पठाउनेहरु र एयरपोर्टमा सेटिङको धन्दा गर्दै आएका कर्मचारीको टाउको दुखाई बनेको छ । तर अत्यावश्यक कामले ती देश जानेहरु भने प्रभावित हुने भएका छन् । 

गृह मन्त्रालयका अधिकारीहरुले भने भिजिट भिसामा काम गर्न जाने प्रवृत्ति रोक्न यस्तो निर्णय गरेको जनाएका छन् । भिजिट भिसामा गएर अलपत्र परेको तथा उद्दार गरिदिन भन्दै सरकारलाई गुहार गर्नेहरुको संख्या बढेको अवस्थामा सरकारले भिजिट भिसा बन्द गराउनु परेको बाध्यता बताएको छ । 

वैदेशिक रोजगारको प्रलोभनमा विदेश जाने क्रममा सबैभन्दा बढी युएई गएर अलपत्र पर्नेहरु धेरै छन् । यस गिरोहमा केहि मेनपावरहरुनै संलग्न रहेको जानकारी प्राप्त भएको छ । अध्यागमन विभागले दिएको तथ्यांकअनुसार भिजिट भिसामा गएकाहरु मध्ये कयौं नेपालीहरु समयमै नेपाल फिर्ता भएका छैनन् । उनीहरु भिजिटमा गई उतै बसेको अध्यागमनको अनुमान छ । त्यसो त एजेन्टहरुले विदेश ल्याई अलपत्र पारेको भन्दै धेरै युवाहरुले हार गुहार गरेको समाचारहरुले पनि नेपालीहरु घुम्न वा व्यवसायकै शिलशिलामा मात्र भिजिटमा जान्छन् भन्ने छैन । 

सरकारको निर्णयअनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडीनजिकका एसियाली राष्ट्र साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की, यमनमा अब भिजिट भिसामा नेपाली जान पाउने छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो