२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा विदेश जान नपाउने निर्णयमा गृहको संशोधन, अब यस्ता व्यक्ति मात्र जान पाउँछ भिजिट भिसामा

२०७८, ९ माघ आईतवार १४:५४

माघ ९, काठमाडौँ । माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । आइतबार विज्ञप्ति जारी मन्त्रालयले भिजिट भिसामा जान सबैलाई रोक नलगाउने निर्णय गरेको हो ।  

गृह मन्त्रालयको संसोधनसंगै अब खाडी राष्ट्र र मलेसिया भिजिट भिसामा जान यस अघिनै खाडी र मलेसिया बाहेक कम्तिमा अन्य दुई मुलुकमा पर्यटकको रुपमा भ्रमण गरिसकेको हुनुपर्नेछ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि भिजिटमा जान दिने निर्णय भएको छ । तर त्यसका लागि पनि नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि मात्र जान पाइनेछ ।

त्यस्तै संसोधित निर्णय अनुसार वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भिजिटमा जान दिने निर्णय भएको छ । 

भिजिट भिसामा जान वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैंक खातामा बचत भएका कम्पनीका संचालक र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।

त्यस्तै नेपालमा सामान आयत–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने निर्णय भएको छ ।

गत शुक्रबार गृहले ओमिक्रोनको कारण देखाउंदै पूर्ण रुपमा भिजिट भिसामा अनिश्चित कालिन रोक लगाएको थियो । सरकारको निर्णयलाई धेरैले अव्यवहारिक भन्दै आलोचना गरेका थिए । मानव अधिकारवादीहरुले यस अघि गृहले गरेको निर्णयबाट मानव अधिकारको हनन भएको टिप्पणी गरेका थिए ।

गृहले आफ्नै निर्णय संसोधन गर्दै निकालेको विज्ञप्ति तल उल्लेख छ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै