२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

ओमिक्रोन भेरियन्ट पुष्टि भएका ४ जना सम्पर्कबाहिर

२०७८, ११ माघ मंगलवार ०६:४०

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। कञ्चनपुरको त्रिनगर भन्सार नाका हुँदै प्रवेश गरेका उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बिथडचिर गाउँपालिका-२ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचोकी गाउँपालिका-७ का ४८ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका-२ का २९ वर्षीय पुरुष र कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिका-२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो।

भारतबाट नेपाल फर्केका उनीहरुमा एन्टिजेनबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। नयाँ भेरियन्ट पहिचानको लागि पुस २५ गते १४६ जनाको नमूना जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो। जसमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

ओमिक्रोन देखिएकाहरू हाल सम्पर्क बाहिर रहेको पाइएको छ । मन्त्रालयका प्रवक्ता कार्कीले आफूहरूको सम्पर्क बाहिर रहेकोले सम्बन्धित जिल्ला तथा पालिकासँगको समन्वयमा तत्काल सम्पर्कमा ल्याइने र कन्ट्याक्ट ट्रेसिङ गरिने बताए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते