2026-09-08 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकका पर्खाइमा आलडाडा

माघ ११, म्याग्दी | वरपर गुराँसको जंगल । डाडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । ग्रामीण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने  अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान पर्यटकका पर्खाइमा छ । 

स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो । “प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ,” उहाँले भन्नुभयो “अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बिच बाटोमा पर्ने आलडाडाको प्रर्वद्धन आवश्यक छ ।” सो स्थानमा ‘हिमालयन भ्यू एण्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल बार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन् । आलडाडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । 

हिमाल र पृष्ठभूमिमा देखिने सुर्योदय र सुर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाडाको भ्रमणमा गर्नुभएका सुरेन गुरुङले बताउनुभयो । गुराँसको जंगलका साथै बिभिन्न प्रजातिका बनस्पति, जडिबुटी, बन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न पाइने उहाँले जानकारी दिनुभयो । करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आलडाडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ । 

राम्चे देखि तीस मिनेट, करबाकेही, फुलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिडेपछि आलडाडा पुग्न सकिन्छ । राम्चे हुदै आलडाडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाडामा पुग्ने पर्यटकको सुबिधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गर्नुभएको छ । होटलको छानोमा राखिएको जस्तापाटा बाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा बीस जना बास बस्न सक्ने दश  कोठा छन् । रु पैतिस लाखको लागतमा उहाँले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको दृश्यावलोकन गर्न सकिन्छ । प्रति रात बास बस्न एक जनालाई करिब रु. एक हजार बजेट आवश्यक पर्ने जनाइएको छ  । 

बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन रु. ३७ लाख लगानी गरेका पुर्जा कोभिड पछि पर्यटक आउने आशामा हुनुहुन्छ । दश बर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएको थियो । स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फारको रोटी, ढिडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । परिवारका सदस्यहरुद्वारा सो होटल सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल