2026-09-04 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ?

माघ ११, काठमाडौँ | सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई बिचल्लीमा पर्ने गरेका गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको सूचना जारी गरेको थियो ।

तर सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु, नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धीकार्यका लागि मात्र) र व्यवसायिक कम्पनीरफर्मका सञ्चालक वा व्यवसायीहरुलाई भने अनुमति रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलूक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरु, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु, औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु तथा वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु र बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरु भने जान पाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ