२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार जागेको ७२ घण्टा नबित्दै वैदेशिक रोजगार सम्बन्धि पाँचसय बढी उजुरी

१४ माघ २०७८, शुक्रबार १५:२४

अनिल अधिकारी | माघ १४ काठमाडौँ | नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभनमा पारी अवैध रुपमा भिजिट भिसामा विदेश लैजाँदै ठगि गर्ने गिरोहमा संलग्नहरु विरुद्ध सरकार जागेको छ । 

सरकारले भिजिट भिसा तथा विदेश जाने युवाहरुसँग हुने मनपरी अशुली विरुद्ध श्रम रोगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरि धमाधम उजुरी लिन थालेको छ । नेपालबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारी पुर्याईने कार्य हुनु पूर्णतः गैरकानूनी भएको भन्दै श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ । 

श्रम मन्त्रालयले राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ युवाहरुलाई ध्यानाकर्षण गराउँदै गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरेर मात्र वैदेशिक रोजगारीमा जान युवाहरुलाई आग्रह गरेको छ ।

सरकार जागेसँगै बुधबारदेखि श्रम मन्त्रालयले समस्यामा परेका पीडितहरुलाई ९८२३२५६७०४  र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन अनुरोध गरेको छ । यस क्रममा तीन दिनकै अवधिमा पाँच सय भन्दा बढी उजुरी परेको उजुरी सुन्न बसेका एक अधिकारीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 

श्रम मन्त्रीको सचिवालयले हाल गुनाशो सुन्न २४ सै घण्टा खटिएको जनाएको छ । प्राप्त उजुरीहरु सिआईबीलाई पठाइने सचिवालयले बताएको छ । सचिवालयले बताए अनुसार रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको, ठगीमा पारेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पारेको, युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा पुर्याई ठगि गरेको, नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लागेको तथा मानव तस्करहरुको चंगुलमा परेको जस्ता समस्यामा उजुरी लिन थालिएको छ ।

सचिवालयका अनुसार अधिकांश उजुरीहरु वैदेशिक रोजगारको प्रलोभनमा भएको आर्थिक अशुली सम्बन्धि छ । केहि प्रमाण नपुगेको उजुरीहरु समेत छानबीनको लागि लिईएको छ । सचिवालयले ठगि तथा तस्करीको गुनाशो गर्नेहरुले पैसा बुझाएको बैंक रिसिभ, भिडियो, अडियो तथा कल रेकर्ड सहितको प्रमाणहरु दिएका छन् । भिडियो तथा कल रेकर्डको आधारमा पनि उजुरी दर्ता भएको छ तर केहि उजुरीहरु प्रमाण नहुँदा लिन नसकिएको सचिवालयले जनाएको छ । 

वैदेशिक रोजगारको नाममा भएको ठगि अन्तर्गत एकै व्यक्ति विरुद्ध धेरैले उजुरी दिँदा कसैको प्रमाण छ भने त्यसैको आधारमा पनि सम्बन्धित व्यक्तिको छानबीनको लागि उजुरी लिने सचिवालयले जनाएको छ । 

सचिवालयले जनाए अनुसार वैदेशिक रोजगारको नाममा अत्याधिक र मनपरी पैसा अशुली गरेको गुनाशोको आधारमा समेत उजुरी लिईएको छ । म्यानपावरहरुले चर्को अशुली लिएको सम्बन्धमा समेत उजुरीहरु आएको उजुरी सुन्ने अधिकारीले साझा सबाल मिडियालाई जानकारी दिए । 

'पीडितबाट प्राप्त उजुरीको आधारमा ठगि गर्ने व्यक्ति वा रोजगारीको नाममा मानव तस्करी गर्नेहरु विदेशमै छन् भने कसरी कारवाही हुन्छ ?' भन्ने साझा सबाल मिडियाको प्रश्नमा श्रममन्त्रीको सचिवालयका अधिकारीले जवाफ दिए 'प्राप्त उजुरी उपर सिआईबीले छानवीन गर्छ, अवैधानिक कार्यमा संलग्न व्यक्ति विदेशमा रहेको पाइएको इन्टरपोलको सहयोग लिएर कारवाही हुन्छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य