२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार जागेको ७२ घण्टा नबित्दै वैदेशिक रोजगार सम्बन्धि पाँचसय बढी उजुरी

२०७८, १४ माघ शुक्रबार १५:२४

अनिल अधिकारी | माघ १४ काठमाडौँ | नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभनमा पारी अवैध रुपमा भिजिट भिसामा विदेश लैजाँदै ठगि गर्ने गिरोहमा संलग्नहरु विरुद्ध सरकार जागेको छ । 

सरकारले भिजिट भिसा तथा विदेश जाने युवाहरुसँग हुने मनपरी अशुली विरुद्ध श्रम रोगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरि धमाधम उजुरी लिन थालेको छ । नेपालबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारी पुर्याईने कार्य हुनु पूर्णतः गैरकानूनी भएको भन्दै श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ । 

श्रम मन्त्रालयले राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ युवाहरुलाई ध्यानाकर्षण गराउँदै गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरेर मात्र वैदेशिक रोजगारीमा जान युवाहरुलाई आग्रह गरेको छ ।

सरकार जागेसँगै बुधबारदेखि श्रम मन्त्रालयले समस्यामा परेका पीडितहरुलाई ९८२३२५६७०४  र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन अनुरोध गरेको छ । यस क्रममा तीन दिनकै अवधिमा पाँच सय भन्दा बढी उजुरी परेको उजुरी सुन्न बसेका एक अधिकारीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 

श्रम मन्त्रीको सचिवालयले हाल गुनाशो सुन्न २४ सै घण्टा खटिएको जनाएको छ । प्राप्त उजुरीहरु सिआईबीलाई पठाइने सचिवालयले बताएको छ । सचिवालयले बताए अनुसार रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको, ठगीमा पारेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पारेको, युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा पुर्याई ठगि गरेको, नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लागेको तथा मानव तस्करहरुको चंगुलमा परेको जस्ता समस्यामा उजुरी लिन थालिएको छ ।

सचिवालयका अनुसार अधिकांश उजुरीहरु वैदेशिक रोजगारको प्रलोभनमा भएको आर्थिक अशुली सम्बन्धि छ । केहि प्रमाण नपुगेको उजुरीहरु समेत छानबीनको लागि लिईएको छ । सचिवालयले ठगि तथा तस्करीको गुनाशो गर्नेहरुले पैसा बुझाएको बैंक रिसिभ, भिडियो, अडियो तथा कल रेकर्ड सहितको प्रमाणहरु दिएका छन् । भिडियो तथा कल रेकर्डको आधारमा पनि उजुरी दर्ता भएको छ तर केहि उजुरीहरु प्रमाण नहुँदा लिन नसकिएको सचिवालयले जनाएको छ । 

वैदेशिक रोजगारको नाममा भएको ठगि अन्तर्गत एकै व्यक्ति विरुद्ध धेरैले उजुरी दिँदा कसैको प्रमाण छ भने त्यसैको आधारमा पनि सम्बन्धित व्यक्तिको छानबीनको लागि उजुरी लिने सचिवालयले जनाएको छ । 

सचिवालयले जनाए अनुसार वैदेशिक रोजगारको नाममा अत्याधिक र मनपरी पैसा अशुली गरेको गुनाशोको आधारमा समेत उजुरी लिईएको छ । म्यानपावरहरुले चर्को अशुली लिएको सम्बन्धमा समेत उजुरीहरु आएको उजुरी सुन्ने अधिकारीले साझा सबाल मिडियालाई जानकारी दिए । 

'पीडितबाट प्राप्त उजुरीको आधारमा ठगि गर्ने व्यक्ति वा रोजगारीको नाममा मानव तस्करी गर्नेहरु विदेशमै छन् भने कसरी कारवाही हुन्छ ?' भन्ने साझा सबाल मिडियाको प्रश्नमा श्रममन्त्रीको सचिवालयका अधिकारीले जवाफ दिए 'प्राप्त उजुरी उपर सिआईबीले छानवीन गर्छ, अवैधानिक कार्यमा संलग्न व्यक्ति विदेशमा रहेको पाइएको इन्टरपोलको सहयोग लिएर कारवाही हुन्छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो