2026-09-04 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुसमा मात्र ६६ हजार भन्दा बढीले लिए वैदेशिक रोजगारको श्रम स्वीकृति, कुन देशमा कति ?

माघ १५, काठमाडौँ | वैदेशिक रोजगारमा गत पुष महिनामा मात्र ६६ हजार ६२५ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार गत पुषमा ८८ देशमा जानको लागि नेपालीहरुके श्रम स्वीकृति लिएका छन् ।

मुख्य १० देश: 

बिभागको तथ्यांक अनुसार गत पुसमा मात्र वैदेशिक रोजगारको क्रममा साउदी जानको लागि २५ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी पछि कतारमा १८ हजार ३८१ जना र युएईको लागि १३ हजार ७१४ जनाले श्रम स्वीकृति लिएका छन् । क्रमश कुवेतको लागि तीन हजार २७२ जना, बहराइनको लागि एक हजार ३८७ जना, ओमानको लागि ८३४ जना र मलेसियाको लागि ७१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै रोमानियाको लागि ४८० जना, क्रोएसियाको लागि ४५८ जना र जापानको लागि ३५६ जनाले श्रम स्वीकृति लिएका छन् । 
बिभागको अनुसार पुसमा मात्र म्यानपावर कम्पनी मार्फत बिभिन्न १३ देशको लागि ३३ हजार १९३ जनाले श्रम स्वीकृति लिएका छन् ।  म्यानपावर कम्पनी मार्फत साउदी, कतार, युएई, कुवेत, बहराइन, रोमानिया, ब्रुनेई, साइप्रस, जोर्डन, ओमान, माल्दिभ्स, रसिया र युकेको श्रम स्वीकृति लिईएको छ । 
बिभागका अनुसार पुस महिनामा श्रम स्वीकृति नवीकरण गराउनेहरुको संख्या ३० हजार ६३२ जना रहेको छ । यो अवधिमा सबैभन्दा बढी क्रोएसियाको लागि व्यक्तिगत श्रम स्वीकृति लिईएको छ । क्रोएसियाको लागि मात्र ४५८ जनाले श्रम स्वीकृति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ