2026-09-24 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर

माघ २१, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका युवालाई सेयर दिने गरी ताप्लेजुङमा ७७ र ७० मेगावाटका दुई आयोजना बनाउने एचआईडीसीएलले तयारी गरेको छ । कम्पनीले यी आयोजना बनाउन दुईवटा कम्पनी समेत स्थापना गरेको छ । 

दुई आयोजना अन्तर्गत घुन्सा खोला र सिम्बुवा खोला रहेका छन् । एचआईडीसीएलको ५१ प्रतिशत सेयर रहने यी आयोजनामा विदेशमा रहेका नेपाली श्रमिकले २९ प्रतिशत सेयर पाउने भएका हुन् । त्यसबाहेक अरु सेयरमा आयोजना प्रभावित र सर्वसाधारणले लगानी गर्न पाउनेछन् । यो दुई आयोजना अघि बढाउन क्रमश रेमिट हाइड्रो लिमिटेड र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना भएको एचआईडीसीएलका सीईओ अर्जुनकुमार गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार  यी दुवै आयोजना अन्तर्गत निर्माण  अघिका सम्पूर्ण कामहरु सम्पन्न भैइसकेर वित्तीय स्रोत सुनिश्चितको काम सुरु भईसकेको छ । 

वैदेशिक रोजगारमा रहेका युवाहरुले पठाएको रेमिट्यान्सको सदुपयोगको लागि यी कम्पनीमा लगानी गर्न दिने तयारी रहेको र त्यसको लागि कसरी लगानी गराउने भन्ने कार्यविधि बनाई आइपीओ निस्कासन गरिने सीईओ गौतमको भनाई छ । वैदेशिक रोजगारमा गएकाहरुलाई सेयर लगानीको कोटानै छुट्टयाएर लगानीको अवसर दिनको लागि एचआईडीसीएलले वैदेशिक रोजगार बिभागसँग समन्वय गरेर काम अघि बढाउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम