७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु

२१ माघ २०७८, शुक्रबार ०९:३७

माघ २१, काठमाडौँ | काठमाडौँको टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु भएको छ । 

सरकारबाट प्रदान हुने विभिन्न आवश्यक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेसँगै टोखाले आजदेखि राष्ट्रिय परिचयपत्रको विवरण भर्ने र फोटो खिचाउने काम सुरु गरेको हो ।

नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाका बासिन्दालाई राष्ट्रिय परिचयपत्र सहज ढङ्गले वितरण गर्नका लागि व्यक्तिको विवरण भर्ने र फोटो खिचाउने काम नगरपालिकाबाटै सुरु गरिएको जानकारी दिनुभयो । परिचयपत्र लिनका लागि नेपाली नागरिकता प्रमाणपत्रको सक्कल, बाबु÷आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा वडा कार्यलयको सिफारिस, राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि, बसाइँसराइको हकमा बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल आवश्यक पर्ने सो नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण भर्न र फोटो खिच्ने कार्यका लागि सम्बन्धित व्यक्ति टोखा नगरपालिकाको बासिन्दा हुनुपर्ने उपप्रमुख डङ्गोलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति