2026-09-04 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय एयरलाइन्सको गैरजिम्मेवारी: साउदीमा १५० बढी यात्रु अलपत्र, उडान अनिश्चित

माघ २९, काठमाडौँ । हिमालय एयरलाइन्सको गैरजिम्मेवारीको कारण नेपाल आउन लागेका यात्रूहरु साउदीस्थित बिमानस्थलमै अलपत्र परेका छन् । पूर्वसूचना समेत नदिईएको कारण साउदीस्थित हमाद इन्टरनेशनल एयरपोर्टमै पुगेका यात्रूहरु अलपत्र परेका हुन् । 

हिमालय एयरलाइन्स मार्फत रियाद-काठमाडौँ उडानको तय भएकोमा सबै तयारी सहित एयरपोर्ट पुगेकाहरु नेपाल आउन नपाएकोमा आक्रोशित भएका छन् । एयरलाइन्सको लापरवाहीको कारण यस्तो अवस्था आएको यात्रूहरुले बताएका छन् । अन्तिम अवस्थामा उडान नहुने भएपछि १५० बढी यात्रुहरुको टिकटको पैसा फिर्ता गरिएको छ तर उडानको सबै तयारी सहित साउदीको बिभिन्न स्थानबाट उडानको लागि एयरपोर्टसम्म आएकाहरुको आउने जाने भाडा तथा पिसिआर परीक्षणको शुल्कको समेत वेवास्ता भएको पीडित यात्रूहरुले बताए । पीडितहरुले बिमानस्थल आते-जाते खर्च र पिसिआरको शुल्क समेत एयरलाइन्सले फिर्ता गर्नुपर्ने माग छ ।

बिमानस्थलसम्मनै आईपुगेका यात्रूहरुलाई अन्तिममा आएर उडान नहुने जानकारी गराएर गैरजिम्मेवार बनेको हिमालय एयरलाइन्ससँग यस सम्बन्धमा जवाफ माग्न खोज्दा सम्बन्धित एयरलाइन्सका अधिकारीहरुले फोन उठाएका छैनन् ।

एयरलाइन्स गैरजिम्मेवार बनेको बिषयमा सामाजिक संजालमा बिभिन्न आलोचना भएका छन् । यस सम्बन्धमा साउदी स्थित दुतावासले समेत कुनै जवाफ दिएको छैन । 

यसैबीच एयरलाइन्सले अपरिहार्य परिस्थितिको कारण भन्दै अब साउदीको दम्माम र रियादबाट काठमाडौँसम्म जाने-आउने उडान नहुने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ