Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण कोरियाद्वारा नेपाली श्रमिक लैजान रोक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २८, काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।&nbsp;<br></p><p>श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भइ रोकिएका श्रमिकहरुको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेकोले बताउनुभयो । मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाउँदै केही समय धैर्य गर्न आग्रह गर्नुभयो । साथै श्रेष्ठले दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई पनि संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गर्नुभयो ।&nbsp;</p><p>रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिकहरु लामो समयदेखि रोकिएकोमा श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुन: प्रकृया सुरु गरी नियमित रुपमा पठाउने व्यवस्था गरिएको थियो ।</p>