२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाद्वारा नेपाली श्रमिक लैजान रोक

२८ माघ २०७८, शुक्रबार १४:५६

माघ २८, काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भइ रोकिएका श्रमिकहरुको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेकोले बताउनुभयो । मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाउँदै केही समय धैर्य गर्न आग्रह गर्नुभयो । साथै श्रेष्ठले दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई पनि संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गर्नुभयो । 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिकहरु लामो समयदेखि रोकिएकोमा श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुन: प्रकृया सुरु गरी नियमित रुपमा पठाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने