२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा नेपालीहरु कति छन् ? उद्दारको विषयमा के भन्छ परराष्ट्र ?

२०७८, १० फाल्गुन मंगलवार ०७:५४

फागुन १०, काठमाडौँ । युक्रेनको पछिल्लो घटनाक्रमले आफ्नो नागरिक असुरक्षित हुने बुझेर भारतले युक्रेनमा रहेका भारतीयलाई फर्काउन विमान पठाएको छ । एयर इन्डियाको विशेष विमान युक्रेन पठाइएको हो । यता नेपाल भने युक्रेनमा रहेका नेपालीहरुको स्थितिको बारेमा बेखबर छ । 

युक्रेनमा कति नेपाली छन् भन्ने एकिन विवरण परराष्ट्र मन्त्रालय सँग छैन । हालसम्म आफूहरु समस्यामा परेको भनेर युक्रेनमा रहेका नेपाली वा उनका परिवार मार्फत परराष्ट्र मन्त्रालयमा खबर नआएको परराष्ट्र मन्त्रालयकि प्रवक्ता सेवा लम्सालले बताएकी छन् । लम्सालको अनुसार युक्रेन हेर्ने जर्मन स्थित दुतावासमा नेपालीहरु समस्यामा परेको वा उद्दारको लागि खबर आएको छैन । उनका अनुसार हाल युक्रेनमा ३५ जना नेपालीहरुले बिभिन्न पेशा/व्यवसाय गरि बसेको प्रारम्भिक विवरण परराष्ट्रलाई प्राप्त भएको छ । त्यस्तै उनीहरु सहित अन्य १०० जना भन्दा बढी नेपालीहरु युक्रेनमा रहेको त्यहाँका एनआरएनले आफूहरुलाई जानकारी दिएको लम्सालको बताइन् । 

लम्सालको अनुसार कतिपय युवाहरु युरोप छिर्ने क्रममा पनि युक्रेन पुग्ने गरेका छन् । युक्रेनमा रहेका नेपालीहरु समस्यामा परेको वा आफू असुरक्षित रहेको आभाष भएमा जर्मन स्थित दुतावास वा मन्त्रालयमा सम्पर्क गर्न लम्सालको सुझाव छ । 

परराष्ट्र मन्त्रालयलाई हालसम्म नेपालीहरुको स्थितिबारे कुनै गुनाशो नआएको र उनीहरुको परिवारबाट समेत कुनै गुनाशो नआएको कारण त्यहाँबाट नेपालीलाई नेपाल फिर्ता ल्याउने सम्बन्धमा कुनै छलफल नभएको प्रवक्ता लम्सालको भनाई छ । 

वैदेशिक रोजगार बिभागको रेकर्डलाई हेर्ने हो भने २०७५ यता २२४ जनाले युक्रेन जानको लागि श्रम स्वीकृति लिएको पाइएको छ । बिभागको रेकर्ड अनुसार २०७५-२०७६ मा ८ जना, २०७६/७७ मा २४ जना, २०७७/७८ मा ७ महिला सहित ५३ जना युक्रेनमा रोजगारीको लागि श्रम स्वीकृति लिएर गएका छन् । गत साउनमा चार महिला सहित २२ जना, भदौमा दुइ महिला सहित २५ जना, असोजमा एक महिला सहित २५ जना, कात्तिकमा एक महिला सहित ११ जना, मङ्सिरमा पांच महिला सहित २४ जना, पुस महिनामा दुई महिला सहित २७ जना र माघ महिनामा ५पाँच जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा मात्र युक्रेनमा वैदेशिक रोजगारको लागि भन्दै १३९ जना युक्रेन पुगेको र केहि जाने क्रममा रहेको पाइएको छ । 

रुसी राष्ट्रपति पुटिनले युक्रेनका दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता स्वतन्त्र क्षेत्रको मान्यका दिएका छन् । यो आदेशपछि युद्धको डर झनै बढेको छ । सम्भावित युद्धलाई मध्यनजर गर्दै बिभिन्न देशले युक्रेनबाट आफ्नो नागरिक फिर्ता गर्ने क्रम सुरु गरेका छन् । 

युक्रेनको पूर्वी मोर्चामा स्थायी द्वन्द्वले पहिले नै १४ हजार भन्दा बढीको ज्यान लिइसकेको छ – तीमध्ये कम्तिमा तीन हजार सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसले निर्णय गएपछि संयुक्त राष्ट्र संघले पुटिनको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन  भएको टिप्पणी गरेको छ ।  रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको विपरीत भएको युएनका प्रवक्ता स्टेफेन डुजारिकको भनाइ छ। 

संयुक्त राष्ट्र संघको विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिलाई प्राथमिकता दिंदै युक्रेन र वरपरको खतरनाक अवस्थालाई थप जटिल बनाउँने कुनै पनि कार्य  रोक्न, तत्काल शत्रुता अन्त्य गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षणमा आफ्नो प्रयास केन्द्रित गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह