२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको आममाफी: नेपाली सहित १४ हजारभन्दा बढीले लिए फाइदा

१९ फाल्गुन २०७८, बिहीबार १४:३०

फागुन १९, काठमाण्डौ । कतार सरकारले गैर कानूनी विदेशी कामदारहरुलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफीसंगै नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् । 

कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीरूपमा बसोबास गरिरहेका १४ हजारभन्दा बढीले आफ्नो कानूनी हैसियत सच्चाएको जानकारी दिएको हो । 

कतार सरकारले सुरुमा गएको वर्षको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको समय दिँदै गैर कानूनीरूपमा कतारमा बसोबास गरिरहेका विदेशी नागरिकलाई आफ्नो कानूनी हैसियत सच्चाउन अवसर दिएको दियो । तर यो समय मार्च ३१ सम्म बढाएको  छ । 

कतार सरकारका अनुसार अहिलेसम्म नेपालीसहित विभिन्न देशका नागरिककाे २८ हजार ४७६ निवेदन प्राप्त भएको छ । जसमध्ये ८ हजार २२७ जनाले कुनै सजाय र जरिवाना नतिरीकनै कतार छाडेको र ६ हजार जनाले तोकिएको आधा जरिवाना तिरेर कानूनीअवस्था सच्चाएर कतारमै बसेका छन् । बाँकीकाे भने आवश्यक प्रक्रिया भइरहेको छ ।

कतारले विभिन्न कारणले ९० दिनभन्दा बढी बिना भिसा र आइडी बिना कतारमा बसेकालाई अवैधानिक र अनौपचारिक मानेको छ । तर कतार सरकारले दिएको यो अवसरको नेपाली श्रमिकले समेत फाइदा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु