२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माइती गएको बेला घरजग्गा बेचि छोराछोरी लिएर श्रीमान बेपत्ता भएपछी दुई महिनादेखि वनको झोपडीमा

२० फाल्गुन २०७८, शुक्रबार ०६:०८

फागुन २०, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आउनुभएको छ ।

सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आउनुभएको हो । बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उहाँ दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउनुहुन्छ ।

“श्रीमान्ले सधैँ कुटपिट गर्थे”, चौधरीले भन्नुभयो, “माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दै छु, सहारा कोही छैन ।” वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झोपडी बनाइदिएका हुन् । चौधरीले नजिकैको गाउँबाट खाना मागेर खाँदै आउनुभएको छ ।

लगाउने ओढ्ने कपडासमेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताउनुभयो । कृष्णपुर नगरपालिका–२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको उहाँको दुःखेसो छ । वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुषरोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएको बताउनुहुन्छ । “महिलालाई उद्धार गरी सहजरूपमा बसोवासको व्यवस्था मिलाउनका लागि परोपकारी संस्थाको खोजीमा लागेका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ