भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदर"/>
2026-09-18 11:48 PM
अर्थ/विकास

पाल्पाका कृषक बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् । 

देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाउनुभएको छ । उहाँले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गर्नुभएको हो । छहरा अम्लाबासका कृषक बोधराज पोखरेलले पनि अन्य फलफूल खेती गर्न छोडेर कागती खेती सुरु गर्नुभएको छ । 

दुई वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । अन्य बाली तथा फलफूल लगाउँदा बाँदरबाट जोगाउन कठिन भएका कारण अमिलो जातको फलफूलतर्फ आकर्षित हुन बाध्य हुनुभएका ठिमुरेका कृषक कमल खनाल भन्नुहुन्छ– “बारीमा मकै लगायो बोटमा घोगा लाग्न नभ्याउँदै बाँदरले खेती नष्ट गरिदिन्छ ।” 

जिल्लाका ५० भन्दा बढी गाविसका कृषकलाई बाँदरले सताएको छ । यम्घाकी कृषक वसन्ती बस्याल पनि बाँदरबाट हैरान भएर अहिले अमिलो जातको फलफूल लगाउन थालेको बताउनुहुन्छ । मकै, गहुँ, कासेबाली, मेवा, सुन्तला बादरबाट जोगाउन नसकिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई