भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदर"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

पाल्पाका कृषक बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

१२ भाद्र २०७३, आईतवार ०७:५५

भदौ १२, पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् । 

देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाउनुभएको छ । उहाँले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गर्नुभएको हो । छहरा अम्लाबासका कृषक बोधराज पोखरेलले पनि अन्य फलफूल खेती गर्न छोडेर कागती खेती सुरु गर्नुभएको छ । 

दुई वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । अन्य बाली तथा फलफूल लगाउँदा बाँदरबाट जोगाउन कठिन भएका कारण अमिलो जातको फलफूलतर्फ आकर्षित हुन बाध्य हुनुभएका ठिमुरेका कृषक कमल खनाल भन्नुहुन्छ– “बारीमा मकै लगायो बोटमा घोगा लाग्न नभ्याउँदै बाँदरले खेती नष्ट गरिदिन्छ ।” 

जिल्लाका ५० भन्दा बढी गाविसका कृषकलाई बाँदरले सताएको छ । यम्घाकी कृषक वसन्ती बस्याल पनि बाँदरबाट हैरान भएर अहिले अमिलो जातको फलफूल लगाउन थालेको बताउनुहुन्छ । मकै, गहुँ, कासेबाली, मेवा, सुन्तला बादरबाट जोगाउन नसकिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ