भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा दुई महिनादेखि सडक अवरुद्ध

१२ भाद्र २०७३, आईतवार १०:०१

भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण सो सेवा ठप्प भएको हो । 

जिल्ला सदरमुकामबाट होलेरी हुँदै घोराही जाने सडक तथा पश्चिमतर्फ घर्तीगाउँ, थवाङ, दुईखोली, तालावाङ, मिरुल, वाग्मारा र खरिबोट जाने सडक अवरुद्ध भएको हो । यसैगरी, सहिदमार्ग खण्डको घर्तीगाउँबाट घोराही, काठमाडाँै सञ्चालन हुने रात्रि तथा दिवा सेवासमेत अवरुद्ध भएको छ । सोही खण्डको इरिवाङ दुईखोलीबाट घोराहीको सेवा तथा टिला घोराही सेवासमेत अवरुद्ध भएको छ । 

पूर्वी रोल्पाको सुलिचौरबाट फुलिवन, पोवाङ, गाम, जेल्वाङ, पाङ, सिर्प तथा घोडागाउँखण्ड समेत अवरुद्ध हुँदा  लाखौँ रोल्पालीलाई सास्ती भएको छ । यातायात अवरुद्ध भएपछि व्यवसायीको लगानीमा पूर्वमा सिर्प तथा पश्चिममा लापचनसम्म सामान्य यातायात चल्नेगरी मर्मत गरिएको भएपनि अन्य सडक भने अझैसम्म अवरुद्ध रहेका छन् । 

यसका कारण यात्रु पैदल हिँड्न बाध्य भएका छन् । गाडी नचल्दा एकै दिनमा पुग्न सकिने ठाउँमा समेत यात्रु दुई÷तीन दिन पैदल हिँड्न बाध्य छन् । त्यसमा पनि बिरामी, अशक्त, बालबालिका र वृद्धवृद्धालाई थप समस्या हुने गरेको रोल्पा थबाङकी सृष्टि बुढा बताउनुहुन्छ । 

पैदल हिँड्दा लामो दूरी भएका कारण महिलालाई थप सुरक्षा चुनौती हुने गरेको उहाँ बताउनुहुन्छ । बिरामी ल्याउनु परे त हामीलाई तीन दिन लाग्छ । दुई महिनासम्म सडक अवरुद्ध हुँदा समेत तत्काल मर्मत गर्नुपर्छ भन्ने सोच नभएको तर्फ आक्रोश पोख्नुहुन्छ मिरुल टुटुका किशोर बुढा । सरकारको ध्यान नपुग्नु तथा स्थानीयवासी समेत सोझा सिधा रहेका कारण यस्तो नियति भोग्नु परेको उहाँको थप भनाइ छ । सडक अवरुद्ध हुँदा यातायात व्यवसायी झन् मारमा परेको यातायात व्यवसायी गुनासो गर्छन् । “हाम्रो पेसा यही हो अलि कमाई हुने ठाउँमा बाटो अवरुद्ध भएर गाडी चल्दैन, हामी साह्रै मारमा परेका छौँ”, व्यवसायी खिमबहादुर केसीले भन्नुभयो । 

यसबारे जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावतसँग प्रतिक्रिया लिँदा जिल्लाभरका विभिन्न सडक अवरुद्ध भएका कारण एकैचोटि मर्मत गर्न समस्या भएको बताउँदै जिल्ला विकास समिति र गाविससँग मर्मतका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । असोज पहिलो हप्ताभित्र नै बाटो मर्मत भई गाडी सञ्चालन गरिने उहाँले बताउनुभयो । 

यता जिविस रोल्पाका सूचना अधिकृत रामकुमार न्यौपानेले भने मर्का परेका उपभोक्ता बाटो मर्मतका लागि उपभोक्ता समिति गठन गरी बजेट माग गर्न आए जिविसले सहयोग गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ