२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

२६ फाल्गुन २०७८, बिहीबार ०६:१८

फागुन २६, पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ । ब्राण्डिङ नै गरेर प्रमाणित गरी  पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नेपाल र नेपालीको ब्राण्डका रूपमा विदेशमा समेत यसले पहिचान बनाएको उहाँले बताउनुभयो ।

जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइने छ । ढाका उद्योगी सागर महर्जनले भन्नुभयो “अब देशका ठूला सहरमा पाल्पाली ढाका कपडा सहजरूपमा उपलब्ध हुनेछ । यसका लागि पाल्पाली ढाका सङ्घले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ । ” 

सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ ।  यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ । यस्तो कपडालाई अझ बढी प्रचार–प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्छ । आकर्षक ढाका कपडा उत्पादन गर्ने उद्योगमा दक्ष कामदारको अभावले थियो । कामदार अभावमा ढाका कपडा उत्पादन न्यून मात्रा रहेकामा सीप परियोजनाको सहयोगमा अहिले बन्द उद्योग सञ्चालनमा छन् ।

पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो । पाल्पा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको  ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ बन्द अवस्थामा रहेका उद्योगमा अहिले धमाधम ढाका कपडा उत्पादन हुन थालेसँगै रोजगारीका अवसर सिर्जना भएको छ । ढाका कपडालाई ब्राण्डिङ गर्ने तयारी गरिएको छ । काठमाडौँमा ब्राण्डिङका लागि लोगो प्रदर्शन गरिएको छ । ” 

हस्तकलाको माध्यमबाट पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोट तथा पर्दाका लागि ढाका कपडा उत्पादन हुन्छ । फुर्सुदका समयमा यहाँका महिला उद्योगमा  ढाका कपडा बुन्छन् । तानसेनकी लक्ष्मी थापाले ढाका कपडा बुनेर मासिक रु आठ हजारभन्दा बढी आम्दानी भएको बताउनुभयो ।  ढाका उद्योगमा ढाका कपडा, तयारी पोशाक उत्पादनबाट पाल्पामा महिलाले रोजगारी पाएका छन् । यसले घर खर्च, परिवारको लालनपालनका केही खर्चको व्यवस्थापन गर्न सहज भएको हो । महिलाहरू सामान्य खर्चका लागि अरुको भर पर्ने दिनहरु ढाका कपडा बुन्न थालेपछि हटेको हो ।

रम्भा गाउँपालिकाकी उषा सिंजालीले हस्तकलाको प्रयोग गरी ढाका कपडामा बुट्टा बनाउन खप्पिस हुनुभएको छ । ढाका कपडा उत्पादनका क्रममा हात तथा खुट्टाको एकसाथ प्रयोग गर्नुपर्छ । तानमा पहिला धागो हाल्ने र डिजाइन गर्ने हो । हस्तकलाको प्रयोग गरी विभिन्न प्रकारका बुट्टाहरु भर्ने चलन छ । मसिनो काम भएकाले एक मिटर ढाका कपडा उत्पादन गर्न झण्डै तीन–चार दिन लाग्छ । यसरी ढाका कपडा बुनेर आम्दानी गर्न पाउँदा यहाँका महिला उत्साहित बनेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की