२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगार लगायत १७ प्रकृतिको ठगि सम्बन्धि सूचना उपलब्ध गराउन गृह मन्त्रालयको अनुरोध

२०७८, २६ फाल्गुन बिहीबार १६:२०

फागुन २६, काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन आह्वान गरेको हो । 

त्यस्ता गतिविधि भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी एकाइमा जानकारी गराउन पनि मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ । त्यस्ता गैरकानूनी  कार्य गरेको पाइएमा कानूनबजोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरुवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउने, उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने क्रियाकलापप्रति सचेत हुने भनेको छ ।


यस्तै मन्त्रालयले डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दा मामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने, ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने भनी लोभ देखाउने गरेको थाहा पाएमा पनि सूचना दिन आग्रह गरेको छ ।  

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही गर्न लगाउने, ढुकुटी खेल्ने खेलाउने, अनलाइनमार्फत अवैधरूपमा गतिविधि गर्ने, मिटर ब्याजमा रकम उपलब्ध गराउने, बैंकिङ  प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने जस्ता क्रियाकलाप पनि गैरकानूनी भएकाले सचेत हुन आग्रह गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै