२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी राजकुमार राजधानीमा, भोलि द्विपक्षीय वार्ता (तश्विरहरु सहित)

३० फाल्गुन २०७८, सोमबार १६:५५

फागुन ३०, काठमाडौँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुग्नुभएको छ ।

निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज  आयोजना गर्नुहुनेछ । भोलि अपराह्न उहाँ स्वदेश फर्कने कार्यक्रम छ । 

तश्वीरहरु: 

साउदी अरेवियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिने नेपाल भम्रणका लागि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्दै । तस्वीर: रत्न श्रेष्ठ, रासस

साउदी अरेवियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिने नेपाल भम्रणका लागि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्दा परराष्ट्र सचिव भरतराज पौडेलसँग कुराकानी गर्दै । तस्वीर: रत्न श्रेष्ठ, रासस

साउदी अरेवियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिने नेपाल भम्रणका लागि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्दा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले स्वागत गर्दै । तस्वीर: रत्न श्रेष्ठ, रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य