कमल रावल/भदौ १३, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ १३, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबा"/>
२३ मंसिर २०८२, सोमबार
अछाम - ACM

बयालपाटा अस्पतालका डा. बिशाल बेलबासेको बिदाई

१३ भाद्र २०७३, सोमबार ०४:५२

कमल रावल/भदौ १३, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बिगत २ बर्ष देखी न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत डा. बेलबाशेको अस्पतालतका सम्पूर्ण कर्मचारीले एकसाथ बिदाई गरेका हुन । अस्पतालका मेडिकल निर्देशक डा. बिकाश गौचनले अविरसंगै खाँदा लगाएर उहाँको बिदाई गर्नुभएको थियो । यस्तै अन्य कर्मचारीले पनि अविर लगाई बिदाई गरेका थिए । 

बिदाई कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा. बिकाश गौचनले डा. बेलबाशेले अस्पतालका लागी एकदमै राम्रो काम गरेर जानु भएको र उहाँलाई संस्थाले संधैँ सम्झिरहने धारणा व्यक्त गर्नुभयो । 

साथै उहाँले प्रत्यक्ष बिरामीको उपचारमा संलग्न नभएर पनि बिरामीको लागी सहयोग पुग्ने महत्वपूर्ण काम गर्नुभएको बताउनु भयो । यस्तै बिदाई कार्यक्रममा सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले डा. बेलबाशेको बिदाई गर्दै सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित गर्दै अगाडी बढाउन महत्वपूर्ण भुमिका खेलेको र आफुले पनि डा. बिशाल बेलबाशेबाट थुप्रै कुरा सिकेको समेत बताउनु भयो । 

बिदाई कार्यक्रममा बोल्ने सबै व्क्ताहरुले डा. बिशाल बेलबाशेको कामको प्रशंसा गरेका थिए । डा. बिशाल बेलबाशेले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा सामुदायिक स्वास्थ्य कार्यक्रमबाट अस्पतालमा प्रबेश गर्नुभएको थियो । सुरुमा एक बर्ष सामुदायिक स्वास्थ्य कार्यक्रममा काम गर्नुभएको डा. बेलबाशेले सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित बनाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन उहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । 

पछिल्लो एक बर्ष उहाँले अभिशासन तथा साझेदारि विभागको प्रमुख भएर काम गर्दै आईरहनु भएको थियो । जिल्लाका विभिन्न निकाय जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला विकास समिती लगायतका सरकारी तथा गैरसरकारी संघ सस्थासंग समन्वय गरेर अस्पतालको कामलाई प्रभावकारी बनाउन समेत उहाँले महत्वपूर्ण योगदान गर्नुभएको छ । 

साथै उहाँले जिल्लाका विभिन्न राजनितिक दल तथा अन्य निकायसंग समेत उहाँले समन्वय सहकार्य गरेर अस्पतालका लागी आवश्यक निर्णय समेत गराउन सफल हुनुभएको छ । 

बयालपाटा अस्पतालको सामाजिक लेखा परिक्षण सम्पन्न गराउनुका साथै खानेपानी र अस्पतालको घेरापर्खालमा निर्माणका लागी स्थानियबासी संग समन्वय सहकार्य गर्ने काम समेत उहाँकै नेतृत्वमा सम्पन्न भएको छ । 

बयालपाटा अस्पतालबाट प्रेरित भएर डा. बेलबाशेले अब आफ्नै गृह जिल्ला दाङमा गएर स्वास्थ्यमै काम गर्ने बताउनु भएको छ । समग्र देशकै स्वास्थ्य प्रणालीमा सुधारको आवश्यक रहेका बेला उहाँले आफ्नै नेतृत्वमा दाङ जिल्लामा पनि बयालपाटा अस्पतालकै मोडेलमा स्वास्थ्य सेवा संचालन गर्ने योजना रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य