नन्दराम जैशी, भदौ १३, जुम्ला । जुम्लामा आज भएको ३ किलोमिटर खुल्ला पुरुष तथा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ १३, जुम्ला । जुम्लामा आज भएको ३ किलोमिटर खुल्ला पुरुष तथा म"/>
२०८२, ३० माघ बिहीबार
खेलकुद

३ कि.मि खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र र महिला तर्फ सुनमाया प्रथम

२०७३, १३ भाद्र सोमबार १०:११

नन्दराम जैशी, भदौ १३, जुम्ला । जुम्लामा आज भएको ३ किलोमिटर खुल्ला पुरुष तथा महिला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र बम र महिला तर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ । प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र बमले ३ किलो मिटर दौड ५ मिनेट २८ सेकेन्ड र महिला तर्फ सुनमाया बुढाले ५ मिनेट ३२ सेकेन्ड लगाएर प्रथम हुन सफल हुनु भएको हो ।

राष्ट्रिय खेलकुद परीषदको ५३ औ बार्षिक उत्सब तथा खेलकुद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति जुम्लाले प्रतियोगिताको आयोजना गरेको थियो । जसमा ३ किलो मिटर दौड ५ मिनेट २९ सेकेन्डमा पार गर्दै पुरुष तर्फ गोविन्द प्रसाद अधिकारी द्धितिय र ५ मिनेट ३४ सेकेन्डमा पार गर्दै नरेश बुढा तृतिय हुन सफल हुनु भएको छ । यस्तै महिला तर्फ ३ किलो मिटर दौड ५ मिनेट ४१ सेकेन्डमा पार गर्दै पुर्णलक्ष्मी न्यौपाने द्धितिय र ६ मिनेट २ सेकेन्डमा पार गर्दै मञ्जु रावत तृतिय हुनु भएको एथेलिटिक्स धावक तथा खेल प्रशिक्षक हरी बहादुर रोकायाले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विजेता खेलाडिलाइ आजै खेलकुद दिवसको अवसरमा पुरस्कार वितरण गरीएको छ । खेलमा प्रथम, द्धितिय र तृतिय हुने खेलाडिलाइ स्टेशनरी समानका साथ प्रमाणपत्र पुरस्कार दिइएको न्यौपानेले बताउनुभयो राखेपकोे ५३ औ बार्षिक उत्सब तथा खेलकुद दिवसको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरि प्रसाद श्रेष्ठले जिल्लाको खेल क्षेत्रको विकासमा सबै निकाय एकजुट हुनुपर्ने बताउनुभयो । हरेक ब्यक्ति स्वस्थ्य हुनका लागि कुनै न कुनै खेलकुदका क्रियाकलापमा दैनिक संलग्न हुनुपर्ने उहाको भनाइ छ । खेल प्रतियोगिता तथा कार्यक्रम नेपालि सेनकोखेल मैदान टुडिखेलमा सम्पन्न भएको हो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि