उक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उक्"/>
२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा आँखाको समस्या पुरुषभन्दा महिलामा बढी

२०७८, ९ चैत्र बुधबार १२:०२

चैत ९, जुम्ला । जुम्लामा पुरुषको तुलनामा महिलामा आँखाको समस्या बढी रहेको पाइएको छ । जुम्लामा हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३८औं शिविरमा यस्तो समस्या देखिएको हो । 

उक्तशिविरमा आँखाको मोतीबिन्दु सम्बन्धी चेकजाँच गर्नका लागी १३ सय ६० जनाले आएका थिए । जसमध्ये १ सय २१ जनाको शल्यक्रिया गरिएको हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए । 

उनले भने, 'यो शिविर जेष्ठनागरिकलाई लक्षित गरी राखिएको  हो । उनका अनुसार पुरुषको तुलनामा आँखाको समस्या महिलामा बढी रहेको छ । यस पटकको शल्यक्रियाको तथ्याङ्कमा ५९ जना पुरुष रहेका छन् भने ६२ जना महिला रहेका छन् ।'   

नेत्र अधिकृत गोविन्दनाथ योगीले विभिन्न अध्ययनपत्रले महिलामा आँखा सम्बन्धी समस्या बढी हुने गरेको पाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी  विजया कुमारी प्रसाईंले आँखाको स्वास्थ्य सेवा सबै क्षेत्रमा पहुँच बढाउन पहल भएको बताइन् । उनले जुम्लाका सबै पालिकामा आँखा सम्बन्धीको उपचार जरुरी रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो