२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग माग्न सकिने

२०७८, १० चैत्र बिहीबार ०९:४५

चैत १०, काठमाडौँ । अब अनलाइन प्रणालीमार्फत स्थानीय तहबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग लिन सकिने भएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ मा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्ति पीडित वा पीडितको परिवारले माग्न सक्नेछ ।

यसका लागि काठमाडौंमै आउनुपर्ने व्यवस्थालाई सरल बनाउन अनलाइन प्रणालीमार्फत सम्पूर्ण स्थानीय निकायमा सेवा दिन लागिएको हो ।

अब पीडितले आर्थिक सहयोगका लागि आफ्नै स्थानीय तहमार्फत अनलाइन माध्यमबाट निवेदन दिन सकिने भएको छ । यो व्यवस्थालाई थप सरल र सहज बनाउने उद्देश्यले बोर्डको सचिवालयबाट अनलाइन सफ्टवेयर प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउन लागेको छ ।

यसका लागि नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २९ को निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली कार्यविधि, २०७८ स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।

सोही कार्यविधि अनुसार स्थानीय तहहरूले बोर्डमा आफ्नो युजरनेम र पासवर्ड बनाई सेवाग्राहीलाई सेवा दिन सक्नेछन् । यसका लागि चैत मसान्तभित्र सबै स्थानीय निकायलाई सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह