२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश सरकारका यी मन्त्री जसले पद गएको दुई दिनपछि थाहा पाए

२०७८, २७ चैत्र आईतवार १२:५१

चैत्र २७, धनगढी | नेकपा एकीकृत समाजवादी नेपालका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए । 

कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा लामाको ठाउँमा समाजवादीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई मन्त्री बनाएका थिए । 

उनले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको जनाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले उनलाई फिर्ता बोलाएको थियो । शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरिएको थियो । तर, उनले त्यो जानकारी आइतबार मात्रै पाएका हुन् । उनको ठाउँमा प्रकाश रावललाई पठाएको थियो । 

उनले फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’  

एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री बनेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो। 

उनले मन्त्रीबाट फिर्ता बोलाउँदा पार्टीमा कुनै छलफल नगरेको बताए । उनले फिर्ता हुने जानकारी नदिइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह