२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

२०७८, २८ चैत्र सोमबार ०७:३९

चैत्र २८, काठमाडौं | नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगायतले अभिमुखरीकरण गरेका हुन् । 

भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल श्रेष्ठ, भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराईलगायतले अभिमुखीकरण दिएका थिए । त्यसक्रममा परिचयात्मकका साथै कलेजबारे, विद्यार्थीहरूले पढ्नुपर्ने कोर्सबारे जानकारी गराइएको थियो ।

चार वर्षको बीचमा ध्यान दिनुपर्ने विषय, इन्जिनियरिङका भविष्य तथा उपयोगितालगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । विषय शिक्षकहरूले पनि आ-आफ्ना विद्यार्थीलाई कोर्सका साथै अन्य विविध विषयमा जानकारी दिएका थिए ।

अत्यधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरकफरक विधाका विद्यार्थीलाई फकरफरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । त्यसअनुसार नौवटा कक्षाकोठामा कार्यक्रम भएको थियो । यसमध्ये सिभिलको तीन समूहमा र कम्प्युटरका दुईवटा समूहमा कार्यक्रम भएको थियो । इन्जिनियरिङमा आर्किटेक्चर पाँंच वर्षे हुन्छ भने बाँंकी सबै चार वर्षे हुन्छ ।  

कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विधामा पढाइ हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते