२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

२०७८, २९ चैत्र मंगलवार १२:२७

चैत्र २९, धनुषा | जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भई हाल जनकपुरधाम वडा नम्बर ४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम वडा नम्बर ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेक कुमार सिंह छन् । 

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा शनिबार १ बजे राति उनीहरूलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचको क्रममा इन्द्रेशले आफ्नो बाँया साईडको कम्मरमा पेन्टको वेल्टभित्र लुकाएर राखिएको अवस्थामा अटोमेटिक पेस्तोल फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।  पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?