पढ्न करिब 3 मिनेट लाग्छ

प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै गएको छ । सदरमुकामको मूल आवत–जावत गर्ने सडकको दुरावस्थाबारे सम्बन्धित निकाय भने मौन रहेकामा स्थानीयले आपत्ति जनाएका छन् ।

सो सडकमा अहिले सवारी साधन त परै जाओस् मान्छेलाई समेत ओहोर–दोहोरमा समस्या भएको सिलगढीका सन्तोष बहादुर सिँहले बताए । जिल्लाको समग्र विकासका लागि बरदारी गर्ने राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सोही कन्तविजोग भएको बाटो नै हिँड्छन् । राजनीतिक दलकै पार्टी कार्यालय अगाडी सडकमा भ्वाँङ परेका छन् ।

जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय तथा नगरपालिकाको कार्यालयमा समेत यही छ, तर सडक विग्रिएकोबारे कसैको ध्यान गएको छैन ।

विगत लामो समय देखि सिलगढीको मूल सडक जीर्ण बनेको छ । मर्मत तथा स्तरोन्नतीमा कसैले चासो नदेखाएको दिपायल सिलगढी नगरपालिका –१ मा त्रिवेणी होटल संचालन गर्दै आएका निरज बोहराले बताए । उनले भने, ‘सडक बिग्रिएकाले सवारीसाधन ओहोर–दोहोर गर्न समस्या छ, त्यसैले अहिले ग्राहक आउनै छाडेका छन् ।’ व्यापार सुक्दै गएको छ ।

सडकमा जता ततै आल्डा खुल्डी परेका छन् । जहाँ पैदल हिड्नै समस्या भइरहेको छ । बाहिबाट आउने पाउनाले स्थानीय प्रशासन र नागरिकको खिसी गर्दछन् । प्रसिद्ध मन्दिर शैलेश्वरी देखि नाचन्थली सम्मको सडकको कन्तविजोग भएको छ । खानेपानीका पाइप सडकमै विच्छ्याएकाले समेत सडकको बेहाल भएको बताइन्छ ।

घरको धारामा पानि नआए उपभोक्ताले सडक खन्ने तर, त्यो ठाउँमा मर्मत नहुनुले बजार नै कुरुप भएको छ । बाहिरबाट आउने पाहुनाले बजारको मूल सडकमै सवारी छोडेर गन्तव्यमा हिँड्दै जानु पर्ने र दुर्घटनाको शिकार बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।

बाटोघाटो निर्माणको जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख रमेश चन्द्र जोशीले सयौँ पटक बाटो मर्मत गरे पनि ठेकेदार र उपभोक्ता समितिको लापर्वाहीका कारण यस्तो अवस्था सिर्जना भएको बताए ।

मर्मतका लागि सदरमुकामको सडकमा धेरै खर्च भै सक्यो तर गुणस्तर आउन सकेन, उनले भने, ‘गतिलो काम हुन नसकेकोप्रति मलाई साह्रै दुःख लागेको छ । एकै ठाउँमा सयौं पटक काम कति गर्ने अरु ठाउँमा पनि सडक मर्मत गर्नु पर्छ ।’ तर, स्टिमेट बनाउने काम अघि बढिसकेको र कार्यकारी अधिकृत आएपछि लगत्तै काम थाल्ने समेत निमिक्त प्रमुख जोशीले बताए ।

सदरमुकामको सोही बाटो भएर पर्यटकहरु डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी र खप्तड घुम्नका आउने गर्दछन् । दिनहुँ सबैको नजर पर्ने सडकको दुरावस्थाले नगरबासीलाई लज्जित बनाएको छ । अर्को अर्थमा नगर भनेको शहर भन्ने बुझिन्छ । तर, यहाँ नगरभित्रै विकासको हविगत ग्रामीण भेक भन्दा कमजोर देखिएको छ ।