प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगर भित्रकै सडकको कन्तविजोग, दलका पार्टी कार्यालय अगाडी नै भ्वाँङ

१४ भाद्र २०७३, मंगलवार १६:०९


प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै गएको छ । सदरमुकामको मूल आवत–जावत गर्ने सडकको दुरावस्थाबारे सम्बन्धित निकाय भने मौन रहेकामा स्थानीयले आपत्ति जनाएका छन् । 

सो सडकमा अहिले सवारी साधन त परै जाओस् मान्छेलाई समेत ओहोर–दोहोरमा समस्या भएको सिलगढीका सन्तोष बहादुर सिँहले बताए । जिल्लाको समग्र विकासका लागि बरदारी गर्ने राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सोही कन्तविजोग भएको बाटो नै हिँड्छन् । राजनीतिक दलकै पार्टी कार्यालय अगाडी सडकमा भ्वाँङ परेका छन् ।

जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय तथा नगरपालिकाको कार्यालयमा समेत यही छ, तर सडक विग्रिएकोबारे कसैको  ध्यान गएको छैन ।

विगत लामो समय देखि सिलगढीको मूल सडक जीर्ण बनेको छ । मर्मत तथा स्तरोन्नतीमा कसैले चासो नदेखाएको दिपायल सिलगढी नगरपालिका –१ मा त्रिवेणी होटल संचालन गर्दै आएका निरज बोहराले बताए । उनले भने, ‘सडक बिग्रिएकाले सवारीसाधन ओहोर–दोहोर गर्न समस्या छ, त्यसैले अहिले ग्राहक आउनै छाडेका छन् ।’ व्यापार सुक्दै गएको छ ।


सडकमा जता ततै आल्डा खुल्डी परेका छन् । जहाँ पैदल हिड्नै समस्या भइरहेको छ । बाहिबाट आउने पाउनाले स्थानीय प्रशासन र नागरिकको खिसी गर्दछन् । प्रसिद्ध मन्दिर शैलेश्वरी देखि नाचन्थली सम्मको सडकको कन्तविजोग भएको छ ।  खानेपानीका पाइप सडकमै विच्छ्याएकाले समेत सडकको बेहाल भएको बताइन्छ ।

घरको धारामा पानि नआए उपभोक्ताले सडक खन्ने तर, त्यो ठाउँमा मर्मत नहुनुले बजार नै कुरुप भएको छ । बाहिरबाट आउने पाहुनाले बजारको मूल सडकमै सवारी छोडेर गन्तव्यमा हिँड्दै जानु पर्ने र दुर्घटनाको शिकार बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।

बाटोघाटो निर्माणको जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख रमेश चन्द्र जोशीले सयौँ पटक बाटो मर्मत गरे पनि ठेकेदार र उपभोक्ता समितिको लापर्वाहीका कारण यस्तो अवस्था सिर्जना भएको बताए ।

मर्मतका लागि सदरमुकामको सडकमा धेरै खर्च भै सक्यो तर गुणस्तर आउन सकेन, उनले भने, ‘गतिलो काम हुन नसकेकोप्रति मलाई साह्रै दुःख लागेको छ । एकै ठाउँमा सयौं पटक काम कति गर्ने अरु ठाउँमा पनि सडक मर्मत गर्नु पर्छ ।’ तर, स्टिमेट बनाउने काम अघि बढिसकेको र कार्यकारी अधिकृत आएपछि लगत्तै काम थाल्ने समेत निमिक्त प्रमुख जोशीले बताए ।

सदरमुकामको सोही बाटो भएर पर्यटकहरु डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी र खप्तड घुम्नका आउने गर्दछन् । दिनहुँ सबैको नजर पर्ने सडकको दुरावस्थाले नगरबासीलाई लज्जित बनाएको छ । अर्को अर्थमा नगर भनेको शहर भन्ने बुझिन्छ । तर, यहाँ नगरभित्रै विकासको हविगत ग्रामीण भेक भन्दा कमजोर देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान