१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

छबिस पाथिभेराका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

३० चैत्र २०७८, बुधबार ०८:५३

चैत्र ३०, धनगढी | बझाङ छबिस पाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिस पाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेकाे छ ।

काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूकाे जमघट छ । याे अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा(भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय परिकार बाँडिचुडी खाने गरिन्छ । तर यस बर्ष भने परिस्थिती केही फेरिएको छ । एक महिनापछि हुन लागेकाे स्थानीय तह निर्वाचनको माहोल मेला पर्वमा देखिएकाे छ । दुई चार जना जम्मा हुने बित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ । 

चुनावको अधिकांस विषय तालमेलकै वरिपरि हुने गरेकाे छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया बढाएका बेला छबिस पाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् ।

गठबन्धन गरेर जाँदा पाँच वर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनीहरूको बुझाइ छ । गठबन्धन गर्दा  राजनीतिक खिचातानी बढ्न सक्ने भन्दै दलहरूलाई एक्लाएक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।

'माओवादी र एमालेले गठबन्धन गरी दुई तिहाइ नजिकको मत ल्याएकै हुन्,' छबिसपाथिभेरा गाउँपालिका-५ का विष्णु सिंहले भने, ‘तर दुई दलको स्वार्थ नमिल्दा उनीहरू बिचैमा फुटे । अहिले सारा देशले दुःख पाएको छ । फेरि गठबन्धन गर्दा त्यही अवस्था आउन सक्छ । त्यसैले एक्लै चुनाव लड्नु पर्छ ।’

गठबन्धन गरेर चुनाव लड्न आउने उम्मेदवारलाई भोट नदिइने उनी बताउँछन् । उनले छबिसका मतदाता गठबन्धनको विपक्षमा रहेकाे पनि बताए ।  ‘दलहरूले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारूलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ,’ उनले भने, ‘तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन्, दलहरूले मतदाताको भावना बुझ्नु जरुरी छ ।’

छबिस पाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सबै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सबै दलले आ-आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार