कमल रावल/भदौ १५, अछाम । जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागी एकले अर्कालाई दोष दिनु भन्दा सबै सरोकारवाला एक भएर अघि बढनु पर्नेमा एक कायक्रमका सहभागिले जोड दिएका छन ।

जिल्लामा खस्कदो अबस्थामा रहेको शिक्षाको गुणस्तर बृद्धिका लागी अभिभावक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ १५, अछाम । जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागी एकले अर्कालाई दोष दिनु भन्दा सबै सरोकारवाला एक भएर अघि बढनु पर्नेमा एक कायक्रमका सहभागिले जोड दिएका छन ।

जिल्लामा खस्कदो अबस्थामा रहेको शिक्षाको गुणस्तर बृद्धिका लागी अभिभावक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षाको गुणस्तर वृद्धिका लागी सबै एकजुट भएर अघि बढौँ

१५ भाद्र २०७३, बुधबार ०५:३३

कमल रावल/भदौ १५, अछाम । जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागी एकले अर्कालाई दोष दिनु भन्दा सबै सरोकारवाला एक भएर अघि बढनु पर्नेमा एक कायक्रमका सहभागिले जोड दिएका छन ।

जिल्लामा खस्कदो अबस्थामा रहेको शिक्षाको गुणस्तर बृद्धिका लागी अभिभावक, शिक्षक, विद्यार्थिको त्यतिकै भुमिका रहेको जोड दिएका थिए । शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती अछामले सदरमुकाम मंगलसेनमा आयोजना गरेको दिगो विकास लक्ष्यमा शिक्षा विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी विश्व ढकालले शिक्षाको क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्र थुप्रै लगानी भएपनी लगानी अनुसारको प्रतिफल हासिल हुनु नसकेको बताउनु भयो । 

विद्यार्थिलाई विद्यालयमा भर्ना गराउनु मात्र नभई कसरी टिकाउन सकिन्छ भनेर अब प्रभावकारी शिक्षण सिकाई हुनु पर्नेमा जोड दिनु भयो । जिल्लाको शैक्षिक उपलब्धी अझै पनी न्युन भएकाले शिक्षाको क्षेत्रमा काम गर्ने सबैले सोच्नु पर्नेमा जोड दिनु भयो । 

माथिल्लो तहको शैक्षिक गुणस्तर भन्दा जग देखिको शिक्षा नै वलियो बनाउन तिर सबैले जोड दिनु पर्नेमा उहाँको जोड रहेको थियो । कार्यक्रमको सहजकर्ता तथा विशिष्ट अथिती शिक्षाका लागी राष्ट्रिय अभियान नेपालका केन्द्रिय कोषाध्यक्ष लाल बहादुर ओलीले शिक्षा क्षेत्रको गुणस्तरका लागी एक्लै केहि नहुने भएकाले सबैले हातोमालोका साथ अघि बढनु पर्ने बताउनु भयो । नेपालको शिक्षा प्रणाली निजी सरकारी क्षेत्र भनेर दुई खाले भएपनी यसलाई व्यवस्थित बनाएर लैजान सके मात्र अझै सुधार आउने बताउनु भयो । 

साथै शिक्षाका लागी राष्ट्रिय अभियान NCE नेपालको बारेमा जानकारी गराउदै दिगो विकास लागी गुणस्तरिय शिक्षा सुनिश्चत गराउन आफुहरुले पैरवी गर्दा आएको बताउनु भयो । शिक्षामा बनेका निती नियम प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागी आफनो पैरवीको काम भईरहेको जानकारी गराएका थिए । 

कार्यक्रममा नेकपा एमाले अछामका सचिवालय सदस्य चन्द्र बोहरा, नकेपा माओवादि केन्द्रका मदन कुमार भुल, दलित अगुवा भिम जनाला, पत्रकार महासंघ अछामका सचिव शिवराज ढुगानाले शिक्षा सबैको सर्वजनिक चासोको विषय भएकाले सबैले एकमत भएर अघि बढनु पर्ने सुझाव दिएका थिए ।  

कार्यक्रममा नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदम राज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेत्र बहादुर शाह, रेडक्रस शोसाईटि अछामका सभापति रत्न प्रसाद ढुगानाले शिक्षाको गुणस्तर बृद्धि नहुनुमा शिक्षकलाई मात्र दोष दिने गरेकाले यसमा सबैको कमजोरी भएको बताउनु भयो । 

शिक्षाको क्षेत्रको विकासका लागी राज्यले पनी ठोस निती बनाउन नसकेको उनिरुहरुको भनाई रहेको थियो ।

शिक्षकरुहका पनी अझै थुप्रै मागहरु रहेकाले राज्यले सुनुवाई गर्न नसक्दा यस्तो समस्या आएको बताएका थिए । यस्तै ल्ऋभ्  नेपालको दोस्रो जिल्ला भेलाले नयाँ नेतृत्व चयन गरेको छ । शिक्षाको क्षेत्रमा सरोकार राख्ने थुप्रै संघ सस्थाको प्रतिनिधित्व रहने गरि पुनह केशव रावलको संयोजकत्वमा ९ सदस्यिय समिती चयन गरेको छ । 

जसमा वाक नेपालका तर्फबाट दिलिप बोहरा, पिसविन अछामको तर्फवाट तपेन्द्र ओली, सेतो गुरास वाल विकास सेवा अछामबाट मिना ढुगाना, रामारोशन दैनिकको तर्फबाट नरेश कुमार शाही, रेडियो रामोशनको तर्फबाट कमल रावल सदस्य रहेका छन । अध्यक्ष केशव रावलको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सदस्य सचिव तपेन्द्र वलिले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य