२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुमुद खनालको नेतृत्वमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्याबसायी एसोसिएसनको नयाँ कार्यसमिति चयन

८ बैशाख २०७९, बिहीबार ०२:५९

वैशाख ८, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्याबसायी एसोसिएसनको बुधबार सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्बाचित भएको छ । एसोसिएसको एघारौं साधारणसभाले व्यावसायी कुमुद खनालको नेतृत्वमा  १९ जनाको कार्य समिति चयन गरेको हो । 

बुधबार सम्पन्न साधारणसभामा २ सय ६७ जना व्यवसायीहरुले मतदानमा भाग लिएका थिए । जसमध्य विजयी खनाललाई १ सय ४९ र उनका निकटतम प्रतिश्पर्धी तारानाथ अर्यालले १ सय ६ मत प्राप्त गरे । अध्यक्ष खनाल सहित प्रथम उपाध्यक्षमा भागिरथ राई (रमेश), द्वित्तीय उपाध्यक्षमा विनोदजंग केसी, तृतिय उपाध्यक्षमा दिपक थापालाई चयन गरेको छ । त्यस्तै एशोसिएसनको महासचिवमा कमल काफ्ले निर्वाचित भएका छन् भने सचिवमा लक्ष्मण पौडेल, सहसचिव पदमा हर्क बहादुर लिम्बु, कोषाध्यक्षमा शैलेश कार्की र सह-कोषाध्यक्ष मोहमद जवारदीन मिया निर्वाचित भएका छन् । त्यस्तै एशोसिएसनको सदस्यहरुमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदिप थापा, मदन पुरी, यम बहादुर क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरादेवी बुढाथोकि निर्वाचित भएका छन् ।  

एशोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालको सभापतित्वमा बुधबार सम्पन्न साधारणसभाको उद्घाटन सत्रको उद्घघाटन नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले गरेका थिए । उनका अलावा कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बे, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे ,केन्द्रीय सदस्य अब्दुल सत्तार, संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमलप्रसाद ढकाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी लगायतले सम्वोधन तथा शुभकामना दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य