५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

८ बैशाख २०७९, बिहीबार ०३:१५

वैशाख ८, धनगढी । चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ । बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले याे बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै गरिएको जनाएका छन् ।

नकांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले प्रदेशका विवादित स्थानमा कसरी अघि बढ्ने भन्ने विषयमा समान्य छलफल मात्रै भएको बताइन् । ‘प्रदेशमा समाजवादी पार्टीलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार दुई दलबीच सामान्य छलफल भएको हो,’ उनले भनिन्, ‘तर गठबन्धनलाई कायम राख्ने विषयमा भने हामी सहमत छौं ।’ खास गरी समाजवादी पार्टीले धेरै ठाउँमा नेतृत्व मागेका कारण त्यसलाई कसरी लैजाने भन्ने विषयमा दुई दलबीच छलफल भएको सहमहामन्त्री चलाउनेले बताइन् ।

बझाङ, बैतडी र दार्चुलामा सहमति भइसकेको बताउँदै उनले कैलाली र कञ्चनपुरमा बढी समस्या भएका कारण त्यसलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार छलफल भएको  बताइन् । ‘डडेल्धुराको विषय केन्द्र बाटै टुङ्गो लाग्न सक्छ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘अछाम र बाजुरामा पनि सहमति अन्तिम चरणमा पुगेको छ, डोटी, कैलाली र कञ्चनपुरमा केही समस्या रहेको छ, यसलाई कसरी समाधान गर्ने भनेर दुई दलबीच छलफल गरिएको हो ।’

आमोवादी केन्द्र प्रदेश अध्यक्ष हरिराम चौधरी बुधबार बैठक नबसेको बताए । ‘आगामी दिनमा बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समान धारणा बनाउन  दुई दलका नेताबीच सामान्य छलफल भएको हो,’ उनले भने, ‘यो बैठक हैन, बैठकमा समाजवादी पार्टीलाई पनि बोलाउँछौं ।’  

यस विषमा एकीकतृ समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीलाई बुझ्न खोज्दा उनको फोन उठेन ।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ, भने माओवादीले ३० र एकीकृत समाजवादीले २० पालिका दाबी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा