2026-09-12 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

‘टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्’

वैशाख १४, महोत्तरी | टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो । 

टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश छैन, अहिले महोत्तरीका चिया पसल, सहर र गाउँमा यस्तै टिकाटिपणी हुन थालेकाे छ ।

टिकट नपाएपछि जिल्लाभरिबाट नै पार्टीविरुद्ध बागी उम्मेदवार उठेर विद्रोह गर्ने उम्मेदवारहरू आफ्नै दल बलसहित चुनावीमा प्रतिस्पर्धामा होमिएका छन् । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजु खड्काविरुद्ध रुद्र सुस्लिङ्ग मगरले बागी उम्मेदवार दिए भने  कांग्रेसबाट उम्मेदवार बनेका चिरन्जीवी हमालविरुद्ध प्रल्हाद क्षेत्रीले बागी उम्मेदवार दिए ।

लामो समयदेखि पार्टीको विरासतमा नै रमाइरहेका व्यक्तिहरू एउटा व्यक्तिले टिकट नपाएको असन्तुष्टिमा बागी उम्मेदवारलाई समर्थन गर्न पुगेका छन् ।  जिल्लामा पालिका प्रमुखमात्र हैन वडाअध्यक्षदेखि वडा सदस्यसम्म बागी उम्मेदवार छन् । निर्वाचन आयोग महोत्तरीका कार्यालय प्रमुख सुवोध कुमार महतोका अनुसार २५ जनाभन्दा बढीले बागी उम्मेदवारमा मनोनयन दर्ता गराएका छन । जसमध्य पाँच जना पालिका प्रमुखमा, सातजना उपप्रमुख र बाँकी वडा अध्यक्ष र वडा सदस्य छन् ।

टिकटकै लागि निर्वाचनको संघारमा धेरै जनाले पार्टी अदलबदलसमेत गरे । टिकटकै लागी पार्टी परिवर्तन गर्ने व्यक्ति जता गए पनि घातक बनिरहने माओवादी केन्द्रका उमेश महतो बताउँछन् । `पाटीभित्रका मूल्य, मान्यता र सिद्धान्त बिर्सेर टिकटका लागि अर्को पार्टीमा हाम फाल्नेहरू अवसरवादी हुन्,´ उनी भन्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस