१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

‘टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्’

१४ बैशाख २०७९, बुधबार ०६:४७

वैशाख १४, महोत्तरी | टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो । 

टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश छैन, अहिले महोत्तरीका चिया पसल, सहर र गाउँमा यस्तै टिकाटिपणी हुन थालेकाे छ ।

टिकट नपाएपछि जिल्लाभरिबाट नै पार्टीविरुद्ध बागी उम्मेदवार उठेर विद्रोह गर्ने उम्मेदवारहरू आफ्नै दल बलसहित चुनावीमा प्रतिस्पर्धामा होमिएका छन् । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजु खड्काविरुद्ध रुद्र सुस्लिङ्ग मगरले बागी उम्मेदवार दिए भने  कांग्रेसबाट उम्मेदवार बनेका चिरन्जीवी हमालविरुद्ध प्रल्हाद क्षेत्रीले बागी उम्मेदवार दिए ।

लामो समयदेखि पार्टीको विरासतमा नै रमाइरहेका व्यक्तिहरू एउटा व्यक्तिले टिकट नपाएको असन्तुष्टिमा बागी उम्मेदवारलाई समर्थन गर्न पुगेका छन् ।  जिल्लामा पालिका प्रमुखमात्र हैन वडाअध्यक्षदेखि वडा सदस्यसम्म बागी उम्मेदवार छन् । निर्वाचन आयोग महोत्तरीका कार्यालय प्रमुख सुवोध कुमार महतोका अनुसार २५ जनाभन्दा बढीले बागी उम्मेदवारमा मनोनयन दर्ता गराएका छन । जसमध्य पाँच जना पालिका प्रमुखमा, सातजना उपप्रमुख र बाँकी वडा अध्यक्ष र वडा सदस्य छन् ।

टिकटकै लागि निर्वाचनको संघारमा धेरै जनाले पार्टी अदलबदलसमेत गरे । टिकटकै लागी पार्टी परिवर्तन गर्ने व्यक्ति जता गए पनि घातक बनिरहने माओवादी केन्द्रका उमेश महतो बताउँछन् । `पाटीभित्रका मूल्य, मान्यता र सिद्धान्त बिर्सेर टिकटका लागि अर्को पार्टीमा हाम फाल्नेहरू अवसरवादी हुन्,´ उनी भन्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार