२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका कुनै पनि उम्मेदवारले अझै पनि बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारीको विवरण

१७ बैशाख २०७९, शनिबार १०:४९

वैशाख १७, धनगढी | आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर, कैलालीमा भने शनिबारसम्म त्यस्ता सवारीको विवरण बुझाउने उम्मेदवार शून्य छन् ।

कैलालीका मुख्य निर्नचन अधिकृत जयानन्द पनेरुका अनुसार उम्मेदवारी मनोनयनकै क्रममा उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ । 'एउटा उम्मेदवारले दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसार प्रयोजना लागि प्रयोग गर्न पाउने व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, 'तर कैलालीमा एक जना उम्मेदवारले पनि त्यस्तो विवरण बुझाएका छैनन्, यसले अनुगमन तथा सुरक्षा कार्यलाई समेत प्रभावित पर्नेछ ।’

सवारी साधनको विरवण नबुझाएर उम्मेदवारहरूले आचारसंहिता विपरित काम गरेको अनौपचारिक सेवा केन्द्र सन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउँदा सुरक्षा निकायलाई पनि त्यसैअनुसार सुरक्षा व्यवस्था गर्न सजिलो हुन सक्छ,’ संयोजक जोशीले भने,  ‘त्यसैले सबै उम्मेदवारले इमान्दार भएर आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ ।’ एउटा उम्मेदवारलाई दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसारका लागि प्रयोग गर्न पाइने व्यवस्था भए पनि यहाँका उम्मेदवारले भने त्योभन्दा धेरै सवारी प्रयोग गर्ने गरेको उनी बताउँछन् । तर, त्यसको अनुगमन नभएको संयोजक जोशीको आरोप छ ।

'मतदातालाई प्रभावित पार्नेगरी ठुलो भीड देखाउन एउटै उम्मेदवारले दर्जनौं सवारीसाधन प्रयोग गरी चुनावलाई भड्किलो बनाइरहेका छन्,’ जोशीले भने, ‘यसले चुनावी खर्च पनि उच्च बनाइ रहेको छ, यसको सम्बन्धित पक्षबाट अनुगमन हुनु जरुरी छ ।’ उनले कैलालीमा अनुगमन गर्ने निकाय मौन बस्दा उम्मेदवारको मनोमानी बढेको बताए । 

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भने कर्मचारी अभावका कारण अनुगमन कमजोर भएको बताए । ‘हामीसँग कर्मचारी अभाव हुँदा उम्मेदवारको विवरण तयार पार्न पनि समस्या भइरहेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘थप कर्मचारी माग गर्दा पाएका छैनौँ, कर्मचारी नपाउँदा अनुमगन प्रभावित बनेको छ ।’ कैलालीका सबै राजनीतिक दलले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै राजनीतिक दलका प्रमुखलाई त्यस विषयमा पुनः झकझक्याइने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य