2026-09-04 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगार: कम्तिमा १५ सय तलब र ओभरटाइम स्पष्ट नभएको मागपत्र प्रमाणीकरण नगर्न निर्देशन

वैशाख १९, काठमाडौँ । मलेसिया भ्रमणको क्रममा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मलेसियामा सुरक्षागार्डको मासिक न्यूनतम तलब १५ सय रिंगेट र ओभरटाइम वापतको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द गर्न निर्देशन दिएका छन् ।

मलेसियास्थित एक कार्यक्रममा बोल्दै दूतावासका कर्मचारीहरुलाई मन्त्री श्रेष्ठले आइतबार उक्त निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले मलेसियामा दैनिक १२ घण्टा खटिने सुरक्षा गार्डको तलब मासिक १५ सय रिंगेट न्यून भएको जानकारी दिए । मन्त्री श्रेष्ठले यसअघिनै दुतावास मार्फत प्रमाणीकरण भएको डिमाण्डमा समेत छुट्टै निर्णय गर्ने बताए । मलेसिया भ्रमणको क्रममा मलेसिया पुगेका मन्त्री श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव मलेसियाका गृहमन्त्रीसँग पनि राखेको बताए । उनले भने, ‘न्यूनतम तलब ५४६ रिंगेट हुँदा नै सुरक्षागार्डले ओभरटाइम समेत गरेर १०/१५ वर्ष अगाडि नै १५ सय रिंगेट तलब थापेको हो, अहिलेसम्म पनि त्यत्ति नै ।’

मन्त्री श्रेष्ठले मलेसियामा १२ घण्टा ड्युटीमा खटिँदा हुने हर्टअट्याक जस्ता जोखिमलाई ध्यानमा राखेर चौबिस घण्टे बीमा सुविधाको व्यवस्था हुनुपर्ने ध्यानाकर्षण मलेसियाका गृहमन्त्रीलाई गराएको जानकारी दिए । 

मन्त्री श्रेष्ठका अनुसार नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ