१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप पठाईदिने भन्दै ४ करोड बढी ठगी गर्ने भट्टराईविरुद्व मुद्दा दायर

२५ बैशाख २०७९, आईतवार ०६:००

वैशाख २५, काठमाडौ | युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक सञ्चालकविरुद्ध मुद्दा दायर गरेकोे छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधिकरण मुद्दा दायर गरेकोे हो।

विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेख बहादुर गुरुङ र सुनिल लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ । उनीहरूलाई विभागमा खटिएको नेपाल प्रहरीको डिएसपी  कमाण्डको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियोे ।

विभागले दिएको जानकारी अनुसार उनीहरुले पोर्चुगल, स्पेन र फ्रान्ससहितका अन्य मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रूपैयाँसम्म ठगी गरेकोे जानकारी दिए।

२२ जनाबाट असुली गरेकोे २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको ५० प्रतिशत हर्जनासहित ४ करोड २३ लाख ५० रूपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार