विमल धामी, भदौ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१३ सडकघाटका स्थानियहरुले बिगत ४, ५ बर्ष देखी सडकघाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले बेवास्था गरेको भन्दै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी, भदौ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१३ सडकघाटका स्थानियहरुले बिगत ४, ५ बर्ष देखी सडकघाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले बेवास्था गरेको भन्दै "/>
2026-09-19 06:06 AM
अर्थ/विकास

विकासका काममा राज्यले बिभेद गरेको भन्दै कञ्चनपुरका स्थानिय द्धारा सडक मर्मत

विमल धामी, भदौ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१३ सडकघाटका स्थानियहरुले बिगत ४, ५ बर्ष देखी सडकघाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले बेवास्था गरेको भन्दै बिहिवार १ किलोमिटर सडक ग्रावेल आफैले गरेको स्थानियहरुले बताएका छन् ।

बेलौरी नगरपालिका नहुनु अगाडी देखी हाम्रो सडकको लागी ग्रावेल माग गरेको र नगरपालिका भैसक्दा समेत बस्तीस्तर योजना छनौटको बेला योजनालाई प्राथामिकरण गरि पठाईएको तर उत्त योजनालाई नगरपालिका योजना छनौट समितिले ध्यान नदिएको हुदा उत्त सडक निर्माणको काम आफैले गर्नु परेको स्थानियले जानकारी गराए ।

बेलौरी नगरपालिका १३ सडकघाटमा रहेको प्रगति रेडियो श्रोता समुहको पहलमा सडक निर्माणको काम गरिएको समुहकी सहजकर्ता लक्ष्मी चौधरीले बताउनु भयो । उनले भने यहाँ साझेदारी विकास परियोजना लागु भएकोहुनाले साझेदारीले हामीलाई सचेत गराएको हुदा हामीले विकासको काममा राज्यको मुख ताखिरहनु पर्दैन भन्ने हेतुले हामीले गाउँले हरुलाई सजक गराउने काम गरेको जानकारी दिनु भयो । हामीले रेडियो कार्यक्रम सुनेर समुदायमा परिवर्तन ल्याउन खोजेको जानकारी गराउनु भयो ।

समुहकी सदस्य सुनिता चौधरीले भने हिजोका दिन देखीनै हामीले ग्राविलको माग गरेका थियौ र अहिले सम्म हाम्रो सडकमा हामी ईमान्दार भएकै कारण ग्राविल नहुन सकेको उनले बताईन । उत्त गाउँका भलमन्सा हरिदास चौधरीले भने हाम्रो यो चौधरी जात ईमान्दार भएकै कारण राज्यले पनि हामीलाई बिभेद गरेको गुनासो सुनाउनु भयो । उनले भने ‘ यो हाम्रो बस्ती यहाँको सबै भन्दा पुरानो बस्ती भएको दावी गर्दै भने हामीले बारमवार सरकारी निकायमा धाउदा समेत यो पालि तपाँईको बाटोमा ग्रावेल गरिदिन्छौ भन्ने र पछि गएर यो सडकमा ग्रावेल नहुनुमा कस्को कम्जोरी हो’ ? उनले भने यहाँ प्रगति रेडियो श्रोता समुह गठन भए देखी हामीलाई निकै सहयोग भएको छ । यो समुहको पहलमा आज यो विकासको काम हुदैछ हामीहरु मिलेर काम गर्दैछौँ । 

बेलौरी नगरपालिका सयुक्त वडा कार्यालयका वडा सचिव नारायण रानाले भने उत्त बाटोमा हामीले आउदो बर्ष ग्रावेल गर्ने भन्ने निर्णय भएको छ । वहाँले भन्नु भयो पहिला के कारणले योजना काटिने गरेको छ आफुलाई थाहाँ नभएको र अहिले यो कार्यालय बाट त्यसतो बिभेद केहि पनि नरहेको जानकारी गराउनु भयो । उनले भने बस्तीस्तर बाट प्राथामिकणर भएर आएका योजना कसैले पनि काट्न नमिल्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई