विमल धामी, भदौ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१३ सडकघाटका स्थानियहरुले बिगत ४, ५ बर्ष देखी सडकघाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले बेवास्था गरेको भन्दै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी, भदौ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१३ सडकघाटका स्थानियहरुले बिगत ४, ५ बर्ष देखी सडकघाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले बेवास्था गरेको भन्दै "/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

विकासका काममा राज्यले बिभेद गरेको भन्दै कञ्चनपुरका स्थानिय द्धारा सडक मर्मत

१६ भाद्र २०७३, बिहीबार ०९:१६

विमल धामी, भदौ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१३ सडकघाटका स्थानियहरुले बिगत ४, ५ बर्ष देखी सडकघाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले बेवास्था गरेको भन्दै बिहिवार १ किलोमिटर सडक ग्रावेल आफैले गरेको स्थानियहरुले बताएका छन् ।

बेलौरी नगरपालिका नहुनु अगाडी देखी हाम्रो सडकको लागी ग्रावेल माग गरेको र नगरपालिका भैसक्दा समेत बस्तीस्तर योजना छनौटको बेला योजनालाई प्राथामिकरण गरि पठाईएको तर उत्त योजनालाई नगरपालिका योजना छनौट समितिले ध्यान नदिएको हुदा उत्त सडक निर्माणको काम आफैले गर्नु परेको स्थानियले जानकारी गराए ।

बेलौरी नगरपालिका १३ सडकघाटमा रहेको प्रगति रेडियो श्रोता समुहको पहलमा सडक निर्माणको काम गरिएको समुहकी सहजकर्ता लक्ष्मी चौधरीले बताउनु भयो । उनले भने यहाँ साझेदारी विकास परियोजना लागु भएकोहुनाले साझेदारीले हामीलाई सचेत गराएको हुदा हामीले विकासको काममा राज्यको मुख ताखिरहनु पर्दैन भन्ने हेतुले हामीले गाउँले हरुलाई सजक गराउने काम गरेको जानकारी दिनु भयो । हामीले रेडियो कार्यक्रम सुनेर समुदायमा परिवर्तन ल्याउन खोजेको जानकारी गराउनु भयो ।

समुहकी सदस्य सुनिता चौधरीले भने हिजोका दिन देखीनै हामीले ग्राविलको माग गरेका थियौ र अहिले सम्म हाम्रो सडकमा हामी ईमान्दार भएकै कारण ग्राविल नहुन सकेको उनले बताईन । उत्त गाउँका भलमन्सा हरिदास चौधरीले भने हाम्रो यो चौधरी जात ईमान्दार भएकै कारण राज्यले पनि हामीलाई बिभेद गरेको गुनासो सुनाउनु भयो । उनले भने ‘ यो हाम्रो बस्ती यहाँको सबै भन्दा पुरानो बस्ती भएको दावी गर्दै भने हामीले बारमवार सरकारी निकायमा धाउदा समेत यो पालि तपाँईको बाटोमा ग्रावेल गरिदिन्छौ भन्ने र पछि गएर यो सडकमा ग्रावेल नहुनुमा कस्को कम्जोरी हो’ ? उनले भने यहाँ प्रगति रेडियो श्रोता समुह गठन भए देखी हामीलाई निकै सहयोग भएको छ । यो समुहको पहलमा आज यो विकासको काम हुदैछ हामीहरु मिलेर काम गर्दैछौँ । 

बेलौरी नगरपालिका सयुक्त वडा कार्यालयका वडा सचिव नारायण रानाले भने उत्त बाटोमा हामीले आउदो बर्ष ग्रावेल गर्ने भन्ने निर्णय भएको छ । वहाँले भन्नु भयो पहिला के कारणले योजना काटिने गरेको छ आफुलाई थाहाँ नभएको र अहिले यो कार्यालय बाट त्यसतो बिभेद केहि पनि नरहेको जानकारी गराउनु भयो । उनले भने बस्तीस्तर बाट प्राथामिकणर भएर आएका योजना कसैले पनि काट्न नमिल्ने बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ