यसको पछिल्लो उदाहरण हो बिहिबार बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछ"/>
यसको पछिल्लो उदाहरण हो बिहिबार बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछ"/>
कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।
यसको पछिल्लो उदाहरण हो बिहिबार बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछिल्लो समय पोखराको अति सुरक्षित मानिने न्युरोडमा भएका लगातारका चोरीका घटनाले सर्वसाधारणहरु लाइ भने त्रसित बनाएको छ ।
न्युरोड मा प्राय जसो सबै वित्तिय सस्था तथा बैंकहरुको कार्यालय रहेकोले यस ठाउँमा सुरक्षामा अलि सम्वेदनशिल हुनुपर्ने नेपाल डेभलपमेन्ट बैङकर यशोशियसनका केन्द्रिय सचिव गोबिन्द ढकालले बताए ।
उनले स्थानिय प्रशासनले विहान र बेलुका गस्ति गरि वाताबरण सहज पार्नुपर्ने मा जोड दिए ।बेलुकाको समयमा चोरी बढि हुने भएकोले शिभिल गस्तिलाइ बेलुकामा बढाउनुपर्ने तर्क गरे । यसो त न्युरोड लाई बैंक रोड पनि भन्ने गरिन्छ, यसकारण पनि न्युरोडमा सुरक्षा सतर्कता अलि बढाउनुपर्ने जानाकारहरु बताउछन् ।
गएको एक हप्तामा पोखरा को न्युरोड मा दुइ वटा चोरी भएका छन । न्युरोडको एक खाजा घर बाट सोमबार करिब २ तोला बराबर को सुन चोरी भयो । त्यस्तै पत्रकार दिनानाथ बराल को कोठा बाट केहि दिन पहिले भयो । प्रहरी ले हाल सम्म सुन चोरीमा सम्लग्न हुने ब्यक्तिको सुइको समेत पाउन सकेको छैन ।
त्यस्तै गएको महिनामा पनि पोखरामा चोरीका घटनाहरु बढेका छन । बगरका हिड्दै गरेकी महिलाको गलाबाट पल्सर बाइकमा आएका अपरिचित ब्यक्तिले तारेर फरार भए । चोरी बाट सर्वसाधारण को धनमाल त लुटिएको छ नै ढुक्क सग बाटोमा हिड्न समेत नसकिने अबस्था आएको बटुवाहरु बताउछन् ।
पर्यटकिय नगरि पोखरामा यसरी दिनानुदि बढ्दै गइरहेको चोरीका घटनाले पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई असर पर्ने पर्यटन ब्यवसायी बताउछन् । चाडपर्व आए सगै कास्की प्रहरीले बर्षैविच्छे सुरक्षा योजनाहरु पत्रकार सम्मेल गरेर नै सार्वजनिक गर्छ ।
यस बर्ष पनि भाद्र १६ गते बाट बिशेश शुरक्षा योजना लागु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बताए । चोरीका घटनाहरु नियन्त्रण गर्न बिषेश टोली बनाएर अगाडी बढेको बताए ।
केहि चोरीमा सम्लग्नहरु पक्रेको बताउदै उनले भने सबै कोण बाट अनुसन्धान हुदै छ ।चोरी बाट बच्नको लागि त सर्बप्रथम आफै सचेत हुन जरुरी छ । चाडवाडका बेला घर बाहिर जादा राम्रो सग चापी लगाएर जानुपर्छ ।सकेसम्म बाहिर जादा वरिपरिका लाई जानाकारी गराएर जान अनुरोध गरे ।
-कहि कतै जानु परेमा धेरै गहना लगाएर नजाने जसले गर्दा मानिस को ज्यानै जोखिम मा पर्न सक्छ ।
-घर बाहिर जादा सबै ठाउँको झ्याल ढोका लगाएर जाने ।
-घरमा कुकुर पाल्ने जसले घरमा नयाँ मानिस कोहि आए नआएको जानाकारी दिन्छ ।
-अपरिचित ब्यक्तिलाइ सबै कुरा नखोल्ने र अपरिचित ब्यक्तिले दिएको केहि नखाने ।
-कार्यालय वा अन्य महत्वपुर्ण ठाउँमा सि. सि. क्यामेरा जडान गर्ने ।
-प्रत्येक टोल टोल मा आमा समुहलाई जनचेतना जोगाउने कार्यमा अगाडी बढ्ने ।