Skip to content
Friday, July 17, 2026 Nepali Online Media

साढे १० मोगावटको जलविद्युत आयोजना थपिँदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, पर्बत । पर्बत जिल्लाकोे मोदीखोलामा फेरि अर्को हाइड्रोपावर निर्माण हुने भएको छ ।

निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ आयोजना निर्माणको तयारी गरेको हो । तल्लो मोदीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको युनाईटेड मोदी हाइड्रोपावर कम्पनीले साढे १० मोगावट क्षमताको अर्को जलविद्युत आयोजना निर्माणको तयारी गरेको हो ।

यसअघि तल्लो मोदी खोलाबाट १० मेगावाटको उत्पादन सुरु भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, भौगोलिक अध्ययन लगायतका प्राविधिक काम सकिएको छ । सर्वसाधारणमा सेयर खुला गर्न लागेको कम्पनीका स्थानीय निर्देशक उपेन्द्र गौतमले बताए ।

सर्वेको अन्तिम चरणमा रहेको र भदौको अन्तिम वा असोजको पहिलो सातादेखि सेयर खुला गर्ने गौतमले बताए । युनाइटेड मोदी हाइड्रोपावरकै नाममा साढे ११ करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको छ । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदीबेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ । योसहित मोदी खोलामा मात्रै पाँचवटा जलविद्युत् हुने भएका छन् ।