भदौ १७, बागलुङ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । 

गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, बागलुङ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । 

गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाद्वारा बाग्लुङमा उद्धार तालिम प्रदान

२०७३, १७ भाद्र शुक्रबार ०९:४८

भदौ १७, बागलुङ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । 

गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्लाका पाँच विद्यालयबाट ६० जना सहभागी थिए । 

सहभागीलाई खोज र उद्धारसम्बन्धी आधारभूत ज्ञान, सीप नेपाली सेना र अन्य विषय विज्ञले प्रदान गरेको परियोजनाका कार्यक्रम व्यवस्थापक सूर्यप्रसाद कँडेलले बताउनुभयो । 

पहिलो चरणको तालिममा बौंडेचौर मावि सिगाना, सिगाना मावि सिगाना, सिगाना मावि तित्याङ, तित्याङ मावि तित्याङ र नारायणस्थानको जनताधन माविबाट व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी सहभागी थिए । 

यस्तै, बुधबारदेखि शुक्रबारसम्म चलेको दोस्रो चरणको तालिममा धम्जाको लक्ष्मी मावि, जनता मावि धम्जा, धारा मावि तङ्ग्राम, नारायणी मावि तङ्ग्राम र रायडाँडाको महाविद्याजन माविलाई सहभागी गराइएको थियो । 

तालिममा नेपाली सेनाको बागलुङस्थित अर्जुन बाँण गणका अधिकृतले विभिन्न विधि अपनाएर गर्न सकिने उद्धारका उपाय र सीप सिकाएका थिए । 

गणका प्रमुख सेनानी अजय रानाले चट्टानयुक्त पहाड उक्कले, खोला तर्ने, खोँचमा अड्किएको घाइतको उद्धार गर्ने तरिका र सीपमूलक ज्ञान सहभागीलाई प्रदान गरिएको बताउनुभयो । तीन दिनसम्म चलेको तालिममा सहभागीले प्रत्यक्ष रुपमा बागलुङको काठेखोला र आसपासका अग्ला भिरमा पुगेर खोज, उद्धारको अभ्यास गरेका थिए । 

“कुनै प्रकोप, विपत्ति आउँदा तत्काल उद्धार गर्ने सीप र तरिकाहरु सिकाएका छौँ” – सेनानी रानाले भन्नुभयो । उहाँका अनुसार तालिममा सहभागी विद्यालयहरुमा उद्धार कार्यदलसमेत गठन गरिएको छ । 

“गाउँघरमा प्राकृतिक प्रकोप र अन्य विपत्तिका घटनामा हामीले सिकेको सीप काम लाग्नेछ’ अध्यक्ष कार्कीले भन्नुभयो ‘यसले विद्यालयलाई मात्र नभएर समुदायलाई फाइदा पु¥याउनेछ ।’ युरोपियन युनियनको आर्थिक सहयोगमा प्लान नेपालमार्फत् गाजा युवा क्लब बागलुङले तालिम सञ्चालन गरेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा