कमल रावल | भदौ १८, अछाम | युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता भएको एक कार्यक्रमका सहभागिले बताएका छन । सदरमुकाम मंगलसेनमा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | भदौ १८, अछाम | युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता भएको एक कार्यक्रमका सहभागिले बताएका छन । सदरमुकाम मंगलसेनमा भएक"/>
2026-08-29 09:45 AM
अछाम - ACM

युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता

कमल रावल | भदौ १८, अछाम | युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता भएको एक कार्यक्रमका सहभागिले बताएका छन । सदरमुकाम मंगलसेनमा भएको युवा सहभागिता सम्बन्धि एक दिने अन्तरक्रिया तथा पैरवी कार्यक्रमका सहभागिले युवा निति राज्यको भएपनी अझै युवामा लगानी हुन नसकेकाले अब युवामा लगानीको खाचो रहेको औल्याउनु भएको थियो । 

युवा निती २०७२ मा भएका बुदा अनुसार कार्यान्वयन गर्न सके जिल्लामा विभिन्न क्षेत्रमा युवाको सहभागिता बढदै जाने बताएका थिए । जिल्ला युवा सञ्जाल अछामको आयोजना युवा अभियानको समन्वय तथा संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए) र रेष्टलेस डेभलोप्मेन्टको सहयोगमा भएको कार्यक्रममा केहि समय पहिले जिल्ला युवा संजाल अछामले अछामका चार गाबिसमा युवाको सहभागिताको अबस्थाको बारेमा सर्वेक्षण गरिएको तथ्याक र राष्ट्रिय युवा निती तथा नेपालमा युवाहरुको अबस्थाको बारेमा छलफल गरिएको थियो । जिल्ला युवा संजाल अछामका उपाध्यक्ष मेनुका ढुगांनाको अध्यक्षतामा भएको कार्यक्रममा सुझाव तथा प्रतिबद्धता सहित मन्तव्य व्यक्त गर्दै सवै राजनितिकदलको तर्फबाट नेपाली काग्रेसका उपसभापती चन्द्र प्रसाद ढुगांनाले युवाले गरेका जुनसुकै कार्यमा आफनो साथ सहयोग रहेकाले आगामि दिनमा समुन्नत समाज निर्माणमा युवा जुटनु पर्ने सुझाव दिएका थिए । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदले युवाले गरेका थुप्रै अभियान समाज परिवर्तनका लागी स्रहानिय भएकाले आगामि दिनमा अझै अभियानलाई निरन्तरता दिदै जानु पर्ने बताउनु भयो । जिल्लामा युवा समिती मार्फत गर्नु पर्नेमा सहयोग आफनो तर्फबाट जहिले पनी भईरहने बताउनु भयो । सबै सरकारी कार्यालयको तर्फबाट जिल्ला विकास समितीका सावित्रि बटालाले यस अघि जिल्लामा युवा सञ्जालले आफना अभियान निरन्तर गरिरहेकाले जिविसको तर्फबाट साथ सहयोग भईरहेको जानकारी गराउनु भएको थियो । 

यस्तै पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारीले समाज परिवर्तनमा युवाको ठुलो भुमिका रहने भएकाले समाज भईरहेको विकृती, कुसंस्कार विरुद्ध लडनु पर्ने बताउनु भयो । अझै पनी युवा कुलतमा बढी फस्दै गएकाले त्यस्ता युवालाई परामर्श दाताको रुपमै भएपनी सहजिकरण गर्नुपर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य लोक बहादुर केसी, नेकपा माओबादीका निरक शाही, जिल्ला सरकारी कार्यालयका प्रतिनिधी, सहयोगी सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधी, संञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो । राष्ट्रिय युवा निती तथा नेपालमा युवाहरुको अबस्था तथा २०७२ को युवा नितीको बारेमा युवा अभियानका अनिता शाहले जानकारी गराउनु भएको थियो भने यसअघि गरिएको सर्वेक्षण र अछामको युवाको अबस्थाको बारेमा युवा संजाल अछामका सल्लाहकार संयोजक मदन कुमार भुलले जानकारी गराउनु भएको थियो । जिल्ला युवा संजालका सहसचिव दिपिका कुवरको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन सचिव कमल रावलले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो