कमल रावल | भदौ १८, अछाम | युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता भएको एक कार्यक्रमका सहभागिले बताएका छन । सदरमुकाम मंगलसेनमा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | भदौ १८, अछाम | युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता भएको एक कार्यक्रमका सहभागिले बताएका छन । सदरमुकाम मंगलसेनमा भएक"/>
२३ मंसिर २०८२, सोमबार
अछाम - ACM

युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता

१८ भाद्र २०७३, शनिबार ०३:४०

कमल रावल | भदौ १८, अछाम | युवामा लगानी गर्नु अहिलेको प्रमुख आवश्यकता भएको एक कार्यक्रमका सहभागिले बताएका छन । सदरमुकाम मंगलसेनमा भएको युवा सहभागिता सम्बन्धि एक दिने अन्तरक्रिया तथा पैरवी कार्यक्रमका सहभागिले युवा निति राज्यको भएपनी अझै युवामा लगानी हुन नसकेकाले अब युवामा लगानीको खाचो रहेको औल्याउनु भएको थियो । 

युवा निती २०७२ मा भएका बुदा अनुसार कार्यान्वयन गर्न सके जिल्लामा विभिन्न क्षेत्रमा युवाको सहभागिता बढदै जाने बताएका थिए । जिल्ला युवा सञ्जाल अछामको आयोजना युवा अभियानको समन्वय तथा संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए) र रेष्टलेस डेभलोप्मेन्टको सहयोगमा भएको कार्यक्रममा केहि समय पहिले जिल्ला युवा संजाल अछामले अछामका चार गाबिसमा युवाको सहभागिताको अबस्थाको बारेमा सर्वेक्षण गरिएको तथ्याक र राष्ट्रिय युवा निती तथा नेपालमा युवाहरुको अबस्थाको बारेमा छलफल गरिएको थियो । जिल्ला युवा संजाल अछामका उपाध्यक्ष मेनुका ढुगांनाको अध्यक्षतामा भएको कार्यक्रममा सुझाव तथा प्रतिबद्धता सहित मन्तव्य व्यक्त गर्दै सवै राजनितिकदलको तर्फबाट नेपाली काग्रेसका उपसभापती चन्द्र प्रसाद ढुगांनाले युवाले गरेका जुनसुकै कार्यमा आफनो साथ सहयोग रहेकाले आगामि दिनमा समुन्नत समाज निर्माणमा युवा जुटनु पर्ने सुझाव दिएका थिए । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदले युवाले गरेका थुप्रै अभियान समाज परिवर्तनका लागी स्रहानिय भएकाले आगामि दिनमा अझै अभियानलाई निरन्तरता दिदै जानु पर्ने बताउनु भयो । जिल्लामा युवा समिती मार्फत गर्नु पर्नेमा सहयोग आफनो तर्फबाट जहिले पनी भईरहने बताउनु भयो । सबै सरकारी कार्यालयको तर्फबाट जिल्ला विकास समितीका सावित्रि बटालाले यस अघि जिल्लामा युवा सञ्जालले आफना अभियान निरन्तर गरिरहेकाले जिविसको तर्फबाट साथ सहयोग भईरहेको जानकारी गराउनु भएको थियो । 

यस्तै पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारीले समाज परिवर्तनमा युवाको ठुलो भुमिका रहने भएकाले समाज भईरहेको विकृती, कुसंस्कार विरुद्ध लडनु पर्ने बताउनु भयो । अझै पनी युवा कुलतमा बढी फस्दै गएकाले त्यस्ता युवालाई परामर्श दाताको रुपमै भएपनी सहजिकरण गर्नुपर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य लोक बहादुर केसी, नेकपा माओबादीका निरक शाही, जिल्ला सरकारी कार्यालयका प्रतिनिधी, सहयोगी सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधी, संञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो । राष्ट्रिय युवा निती तथा नेपालमा युवाहरुको अबस्था तथा २०७२ को युवा नितीको बारेमा युवा अभियानका अनिता शाहले जानकारी गराउनु भएको थियो भने यसअघि गरिएको सर्वेक्षण र अछामको युवाको अबस्थाको बारेमा युवा संजाल अछामका सल्लाहकार संयोजक मदन कुमार भुलले जानकारी गराउनु भएको थियो । जिल्ला युवा संजालका सहसचिव दिपिका कुवरको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन सचिव कमल रावलले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा