प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसा"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीका अस्थायी ‘रुट पर्मिट’ ग्रामिण सडकमा भाडादर निर्धारण, असोज १ गतेबाट लागु हुने

१८ भाद्र २०७३, शनिबार ०३:४८

प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसार राजपुर–चवरा चौतारा सडकखण्डमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, दिपायल–र्मौवा–मेल्लेक–डौड सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, लुहाखडी–धुरकोट सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, सिलगढी–लडागडा–नारिदाङ सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, बुडर–बाँझिलेक सडकमा जीपमा प्रतिकिलोमिटर ६ रुपैँया र मिनिबसमा ५ रुपैया, सिलगढी–झिँग्राना सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैया, दिपायल–कपल्लेकी सडकमा प्रतिकिलोमिटर ७ रुपैया र बिपिनगर–बगछेडा सडकमा जीपमा प्रतिकिलोमिटर ६ र मिनिबसमा ५ रुपैँया तोकिएको हो ।

कच्ची, धुलेबाटो र ग्राबेल गरी तिन तहमा बर्गिकरण गरेर ती सडकहरुमा फरक–फरक दररेट कायम गरिएको निर्णयमा उल्लेख छ । यसअघि अस्थायी परमिट बिनै केही सडकहरुमा सवारी साधनहरुले चर्को भाँडादर अशुलीरहेका थिए । नयाँ भाडादर कायम भएपछि चर्को भाडामा यात्रा गरिरहेका सर्बसाधारणहरुले थोरै भएपनि राहत महशुस गर्नेछन् । नयाँ निर्धारण भएको भाँडादर अनुसार पहिले ८ सय देखी एक हजारसम्मको चर्को भाँडादर चलिरहेको राजपुर–चवरा चौतारा ६५ किलोमिटर सडकखण्डमा अब साढे पाँच सयमै यात्रा गर्न पाईने भएको छ ।

अन्य सडकहरुमा पनि पहिलेको तुलनामा अत्याधिक भाँडा घट्ने भएको छ । नयाँ निर्धारण भएको भाडादर दशैअगावै असोज १ गतेबाट लागु हुने निर्णय गरिएको छ । तबसम्मका लागि बर्षाको सिजनमा पानीले बिग्रिएका सडकहरुलाई मर्मत गर्न सम्बन्धीत कार्यालय तथा संघ÷संस्थाहरु ताकेता गरिएको छ ।

जसमा दिपालयल सिलगढी नगरपालिका भित्र पर्ने सडकको मर्मत नगरपालिकाले गर्ने, सिलगढी–झिंग्राना सडकको पनि नगरपालिकाले गर्ने जसमा जिविससंग समन्वय गर्ने र डिभिजन सडक कार्यालय दिपायलले बुडर–बाँझिलेक, बिपिनगर–बागछेडा, दिपायल–कपल्लैकी, र दिपायल–चवरा र्चौतारा सडकको मर्मत गर्ने निर्देशन गरिएको छ । सोही बैठकको निर्णयानुसार संचालित सडकहरुमा प्रतिमिनि बसमा बिद्यार्थीलाई २ जना यात्रुलाई ४५% को दरले भाडाछुट गर्ने, जीपमा एक जनालाई २०% का दरले भाँडा छुट गर्ने निर्णय गरिएको छ । यसबाहेक प्रतिघण्टा १५ किमिका दरले यातायात हाक्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान